विदेशबाट श्रीमान्ले फोनमै दिए ‘तलाक’ !

काठमाण्डु टुडे २०७१ पुष ७ गते १:५९ मा प्रकाशित

महोत्तरी, ७ पुस–विदेश पुगेका पतिले फोनबाटै ‘तलाक’ दिन थालेपछि स्थानीय मुस्लिम महिला पीीडत बनेका छन् । मुस्लिम समुदायमा तीनपटक ‘तलाक’ भनिदिए सम्बन्धविच्छेद भएको मानिन्छ ।

मोबाइलबाटै तलाक पाएपछि पर्सादेवाड–७ की हस्मुना खातुन दुई छोराछोरीसाथ बिचल्लिमा छिन् । गाउँकै मुस्तकिम शेषसँग उनको दशकअधि विवाह भएको थियो । तीन वर्षअघि मुस्तकिम साउदी अरब गएका थिए । कमाएर आएपछि नयाँ घर बनाउने, जग्गा किन्ने, छोराछोरी पढाउने र गहना हाल्ने सपना दुवैको थियो । तर विदेश उडेको ६ महिनामै मुस्तकिमले साउदीबाटै फोन गरेर तलाक दिए ।

‘फोन आएपछि खर्च पठाएहोलान् भन्दै बहिनीको हातबाट हतारहतार मोबाइल लिएँ, तर तँ मेरो लायक छैनस् भन्दै तीनपटक तलाक भन्यो, हस्मुनाले रुँदै भनिन ।

तलाक दिएलगत्तै सासू र खलिया सासू (सानीमा सासू) ले उनलाई नाबालक छोराछोरीका साथ घर निकाला गरे । लोग्नेल न त खर्च दिएको छ न त छोराछोरीको चासो नै राखेको छ । बनिबुतो गरेर गुजरा चलाएका बुवा अब्दुल गफुर शेषको बोझ बन्नु परेको दुखेसो उनले सुनाइन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us