
काठमाण्डु, ९ पुस– थाइल्यान्डमा शुक्रबार अपहरणमा परेका तीन नेपाली विद्यार्थी पाँच दिनपछि मंगलबार मुक्त भएका छन् । नेपाल प्रहरी र थाई प्रहरीको संयुक्त कारबाहीमा उनीहरु अपहरणमुक्त भएका हुन् । अपहरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य सात अपहरणकारी फरार भएका छन् ।
थाइल्यान्डको बैंककस्थित एक विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययन गरिरहेका रोनिश श्रेष्ठ, कर्ण हाछेथू र दिवस रिजाललाई अज्ञात समूहले गत शुक्तबार अपहरण गरेको थियो । अपहरणको सूचना आएपछि कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एसपी पीताम्बर अधिकारी बैंकक गएका थिए ।
सहपाठी पाकिस्तानी साथीले आफ्नो अस्ट्रे
लियाको भिसा लागेको ‘ट्रिट’ दिने भन्दै तीन नेपाली विद्यार्थीलाई बोलाएका थिए । साथीको भिसा लागेको खुसीयालीमा ‘ट्रिट’ खान गएका नेपाली विद्यार्थी त्यहीबाट अपहरणमा परेका थिए ।
अन्नपूर्णपोस्ट दैनिकबाट