
भारत, १० पुस– भारतीय क्रिकेट खेलाडी विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको प्रेम झनझन गहिरो हुँदै छ । आजकल उनीहरु एकअर्काको निजी जीवनमा पूरै दख्खल दिन थालेका छन् ।
हालै अनुष्काले व्यापक अंगप्रदर्शन गरेको फोटोसेसन गराएकी थिइन । ती फोटाहरु उनका ब्वाइफेन्ड कोहलीले पचाउन सकेनन् । मचारअनुसार अस्ट्रेलियामा क्रिकेट खेलिरहेका विराटले उतैबाट फोन गरेर अनुष्कालाई थर्काएका छन् । अनुष्काका ती फोटाहरु जिक्यु नामको म्याग्जिनमा प्रकाशित थिए ।
यो अनुष्काको जीवनको सबैभन्दा बोल्ड फोटोसुट रहेको बताइन्छ । त्यसले विराटलाई चिढ्याउनु स्वभाविक थियो । यद्यपि थुप्रै बिलउड अभिनेत्रीका लागि यस्ता फोटाहरु सामान्य हुन् । विराटले हालै पिके फिल्ममा अनुष्काको कामको खुबै तारिफ गरेका थिए ।
नयाँ पत्रिका दैनिकबाट