माघ ८ आउँनै लाग्दा पनि किन उत्साह छैन संविधानसभामा ?

काठमाण्डु टुडे २०७१ पुष १० गते १:३० मा प्रकाशित

संविधान जारी गर्ने मिति नजिकिँदै गदाृ संविधान सभामा भएका छलफलहरुप्रति सभासद्हरुको उत्साह भने घट्दै गएको छ । संविधानसभामा जति चर्काे कुरा राखे पनि त्यसका आधामा कुनै निर्णय नहुने लक्षण देखेपछि बैठकमा सभासद्को उपस्थिति न्युन बन्दै गएको हो ।

bicc
‘संविधानसभामा बोलेर मात्र हुने स्थिति देखिएन’, एमाले सभासद् रवीन्द्र अधिकारीले भने, ‘कुनै निर्णय गर्न नपाउने छलफलमा उत्साह नहुनु स्वभाविक हो ।’संवाद समितिको प्रतिवेदनमाथि अधिल्लो सोमबारदेखि छलफल भइरहेको छ । तर, कुनै निर्णय नहुने भएपछि बैठकमा बोल्नुको अर्थ नअुने सभासद्हरु बताउँछन् ।
संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले ‘छलफल र निर्णयका लागि नभएको बेहोरा’ सहितको प्रतिवेदन संविधानसभामा पेस गरेका थिए ।

समितिको प्रतिवेदन कुन विधि र प्रक्रियाबाट टुंगोमा पु¥याउने भन्ने शीर्ष नेताहरुबीच सहमति नबन्दा संविधानसभाको ‘औचित्यहीन’ छलफल लम्बिँदै गएको छ ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us