
काठमाण्डु, १० पुस– न्यायपरिषद्ले मागेको आवेदनअनुसार सर्वाच्च अदालतका लागि न्यायाधीश पदमा आवेदन दिँदै हुनुहुन्छ भने विचार गरेर मात्र दिनु होला । विदेश जानुभएको छैन भने तपाईं न्यायाधीशका लागि यौग्य हुनुहुन्न ।
न्यायपरिषद्ले तयार पारेको आवेदन पाराममा विदेश भ्रमण अनिवार्य उललेख नगरे तपाईंको आवेदनलाई परिषद्ले अस्वीकार गर्ने छ । किनकि, परिषद्ले तपाईंलाई भर्न लगाएको फारममा विदेश भ्रमणलगायतका सबै विवरण नभरे ‘आवेदनमा विचारै नगर्ने’ स्पष्ट उल्लेख गरेको छ ।
सर्वाेच्च अदालत आफैंले ‘योग्य’ छानेर नियुक्ति सिफारिस गर्दै आएको परिषद्ले बुधबार दसदिने म्याद दिएर आह्वान गरेको आवेदनका कतिपय प्रावधान गम्भीर छन् भने कतिपय हास्यास्पद पनि ।
न्याय निरुपणमा दक्ष जनशक्ति खोज्नुपर्ने परिषदले आवेदन दिने व्यक्तिको वैदेशिक भ्रमण अनिवार्य नभरे विचारसमेत नगर्ने भन्दै हास्यास्पद फारम विकास गरेको हो । परिषदले आफ्नो र सर्वोच्च अदालतको वेभसाइटमार्फत आह्वान गरेको सातपृष्ठ लामो आवेदन फाराममा आवेदकको विदेश जानुपरेको कारणसमेत मागेको छ ।
राजधानी दैनिकबाट