
भारत, ११ पुस–भारतले नेपाल–भारत १ हजार ८ सय ५० किलोमिटर लामो सीमामा सशस्त्र सीमा बल एसएसबी को संख्या बढाउने भएको छ । ‘आतंकवादी गतिविधि निर्मूल गर्न’ भारतले नेपालसँगको सीमामा सुरक्षा बलियो पार्न लागेको भारतीय स्रोतले जनाएको छ ।
नयाँदिल्लीले नेपाल भारत सीमामा रहेको सशस्त्र सीमा बलको संख्या तत्काल वद्धि गर्ने तथा गुप्तचर विभागलाई समेत सीमामा अझ व्यापक बनाउने स्रोतले जनाएको छ ।
‘आतंकवादले भारत प्रवेश गर्न नेपालको सीमा प्रयोग गर्नसक्ने सम्भावना’लाई नियन्त्रण गर्न’ एसएसबीको संख्या बढाउन लागिएको स्रोतको दाबी छ ।
नेपाल भारत सीमामा पाकिस्तानी गुप्तचर संस्था आइएसआइको गतिविधि तथा मदरासाका क्रियाकलापबारे निगरानी गर्नसमेत एसएसबीको संख्या बढाउन लागिएको बुझिएको छ ।
अन्नपूर्णपोस्ट दैनिकबाट