रिहानाले लेखिन् ‘गृहमन्त्रीज्यू, मलाई जलाउनेहरु कहिले समातिन्छन् ?

काठमाण्डु टुडे २०७१ पुष ११ गते २:२२ मा प्रकाशित

बाँके, ११ पुस– दाइजो नल्याएको रिसमा आफ्नै पतिद्वारा आगो लगाइएकी रिहाना शेष ढपालीले न्यायका लागि गृहमन्त्री वामदेव गौतम गुहारेकी छन् । पति फरिद ९ महिना यता फरार छन् ।

rihana

‘मलाई जलाएर मार्न खोज्नेहरु कहिले पक्राउ पर्ने हुन् ? मलाई न्याय दिनुस्’, सामान्य साक्षर रिहानाले कागजको टुक्रामा लेखेर घरमै पुगेका मानवअधिकारकर्मीलाई भनिन्, ‘मेरो यो आग्रह गृहमन्त्री समक्ष पुर्‍याइदिनुहोला ।’

मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै गत चैत ३ गते मट्टीतेल छर्केर रिहानालाई आगो लगाएका थिए । त्यतिबेला उनी आठ महिनाकी गर्भवती थिइन् ।

घटनापछि उनले मृत बच्चा जन्माएकी थिइन । हाल उनी हरिमिनिया–८ मा बुबाआमासँग बसेकी छन् । पति फरिद र परिवार उतिखेरै भारततिर भागेका हुन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us