दिनमा १० लाख खर्चिए पनि बिल गेट्सको सम्पत्ति सकिन २ सय वर्ष लाग्ने !

काठमाण्डु टुडे २०७१ पुष १२ गते २:२३ मा प्रकाशित

एजेन्सी, १२ पुस– विश्वका सबैभन्दा धनीका रुपमा रहेका बिल गेट्सको सम्पत्ति अहिले ८१ अर्ब ७० करोड डलर छ । उनले मेक्सीकोका कार्लाेस स्लिमलाई तेस्रो स्थानमा धकेलेर सबैभन्दा धनीका रुपमा स्थापित भएका हुन् ।

bil gets

अक्सफामको ‘इन इक्युलिटी’ प्रतिवेदन तयार गर्दा गरिएको अध्ययनले ८० अर्ब डलर सम्पत्ति भएका धनी गेट्सले दिनमा १० लाख खर्च गरे पनि सबै सम्पत्ति सक्न दुई सय २० वर्ष लाग्ने देखाएको छ ।

गेट्स लगातार १५ वर्ष विश्वका धनीमा दरिए पनि बितेको दुई वर्षयता उनी दोस्रो स्थानमा रहँदै आएका थिए । फेरी सन् २०१४ मा सबैभन्दा धनी कार्लाेस स्लिमलाई उछिन्दै उनी एक नम्बरमा उक्लेका हुन् ।

कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us