
काठमाण्डु, १२ पुस– सार्वजनिक लेखा समितिले नेपाल प्रहरीले बरामद गरेको ३५ किलो सुनको सुराकी काण्डामा प्रहरीले गलत नियत राखेको ठहर गर्दै त्यस विषयमा स्पष्ट पार्न गृहमन्त्री बामदेव गौतमलाई बोलाउने निर्णय गरेको छ ।
समितिको शुक्रबारके बैठकमा उक्त काण्डका वास्तविक सुराकीले पेश गरेको टेलिफोन वार्ताको रेकर्ड र केही भिडियो फुटेजसमेत उपलब्ध गराइएको थियो ।
उक्त संवाद सुनेपछि समितिले तत्कालिन केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) मा कार्यरत प्रहरीहरुले बदनियत गरेको ठहर समेत गरेको छ ।
१८ वर्षअघि तिब्बतको खासाबाट नेपाल आउँदै गरेको सुनको बारेमा जानकारी दिने व्यक्तिलाई सुराकीमा राखेपछि उक्त काण्ड बाहिर आएको थियो ।
समितिका सदस्यहरुले उक्त सुनकाण्डका बारेमा आएका कुरा हेर्दा गम्भीर अपराध देखिएकाले त्यसमा मुछिएका प्रहरीलाई कारबाही गर्नुपर्ने जिकिर गरेका थिए ।
नेपाल समाचारपत्रबाट
र यो पनि पढ्औ