
काठमाण्डु, १३ पुस– २०७१, जेठ ३० । राति ११ बजेर ४५ मिनेटमा इन्डिगो एयरको उडानमा दिल्लीबाट तीन भारतीय नागरिक त्रिभुवन विमानस्थलमा अवतरण गरे ।
विदेशबाट आउने यात्रु नियालीरहेका विमानस्थलका प्रहरी देखेपछि ती यात्रुले केही अस्वभाविक शारीरिक हाउभाउ देखाइरहेको थिए ।
स्वभावैले प्रहरी शंकालु बने र तत्कालै सर्तक भए । भरतजर गुडास, पीताम्बर डोडेजा र गिरीश श्रीचन्दलाई शंस्कास्पद भन्दै विमानस्थलबाट खटिएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नियन्त्रणमा लियो ।
प्रहरीको आंशका थियो, तीनै जनाको पेटमा केही गडबड छ । तत्कालै उनीहरुलाई तातोपानी पिउन भने । तर तीनै जनाले अस्वीकार गरेपछि शंक झन् बलियो भयो ।
लागुऔषध कारोबारीले प्रहरीलाई छल्न हेरोइन क्याप्सोल निकालेर वारपार गरिरहेको भेटेका प्रहरीले यिनलाई त्यही आँखाले हेरेका थिए ।
सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजमा एक्स–रे गराउँदा नतिजा शंका गरेभन्दा फरक निस्कियो । एक्स–रेमा उनीहरुका पेटभित्र चक्की देखियो । ती चक्की सुनका पो रहेछन् । हरेकले २–२ वटा चक्की निलेका । निकालेर जोड्दा त डेढ किलो सुन ।
‘पेटबाट सुन निकाल्न चार घन्टा लाग्यो’, तत्कालिन विमानस्थल सुरक्षा प्रमुख यादव अधिकारीले घटना सुनाए, ‘यतिसम्म गरेर सुन ल्याउँछन् भन्ने लागेको थिए ।’
भन्सार छलेर विभिन्न देशबाट काठमाण्डु सुन ल्याउन सक्रिय तस्करले स्थलमार्ग र हवाई मार्ग उपयोग गर्दै आएका छन् । तस्करीका तरिका भने फरक–फरक छन् ।
फल्स बटम धेरै समातिन थालेपछि तस्करले पिँडुला, र नाडीमा बाँधेर, गुप्तांगमा लुकाएर र मोबाइल, इमर्जेन्सी लाइट, ल्इापटपलगायत इलेक्ट्रोनिक सामानको बोर्ड, र ब्याट्रीसँगै राखेर सुन ओसारिरहेका छन् ।
नागरिक दैनिकबाट