
एजेन्सी, १४ पुस– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी आफूलाई दिएको सुरक्षा व्यवस्थाबाट दिक्क बनेकी छन् । जसोदाबेनले त्यसको विरोधमा आफ्नो अधिकारका बारेमा थाहा पाउन चाहेकी तर उनले दिएको आरटिआईको जवाफ दिन प्रहरीले अस्वीकार गरेको छ ।
यसका लागि उनले गुजरातको मेहसाणा जिल्लाको प्रहरी कार्यलयमा आफ्नो अधिकारका बारेमा आरटिआई जानकारी मागेकी थिइन । तर, मेहसाणा प्रहरीले त्यसलाई स्थानीय गुप्तचर निकायसँग सम्बन्धित भएको बताउँदै जानकारी दिन अस्वीकार गरेको थियो ।
मेहसाणा जिल्ला प्रहरी अधिकृत जेआर मोथालियाले भने, ‘जसोदा बेनले मागेको जानकारी स्थानीय गुप्तचर निकायसँग सम्बन्धित छ । यो गुप्तचरब्युरो आरटिआईको दायरामा पर्दैन्, त्यसैले उनलाई दिन सकिँदैन । हामीले यस घटनाक्रमका बारेमा लिखित पत्र उनलाई दिएका छौं ।’
जसोदाबेनका परिवार यो जवाफबाट खुसी छैनन् ।
नेपालसमचार पत्र दैनिकबाट