बैंकमा फलाम धितो राखेर सुनको कर्जा !

काठमाण्डु टुडे २०७१ पुष १५ गते १:२२ मा प्रकाशित

काठमाण्डु, १५ पुस– फलाम धितो राखेर सुन बराबरको कर्जा लिइ ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपाल्चोकका मोहन सुनुवार पक्राउ परेका हुन् ।

सुनुवारले सुनको लेप लगाइएको एक किलो फलाम धितो राखेर २८ लाख ५९ हजार रुपैयाँ कर्जा लिएका हुन् । पछि बैंकले शंका लागि छानबिन उनले सुनको भनेर राखेका गहना फलामको रहेको पाइएको थियो ।

बैंकले नियन्त्रणमा लिई तीन साताअघि उनलाई प्रहरीमा बुझाएको थियो । मिलेमतोको आशंकामा बैंकका कर्मचारी सगुन ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जनता बैंक चाबहिल शाखाबाट उनले १६ पटक कर्जा लिएका थिए ।

नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us