
काठमाण्डु, १५ पुस– नेपाल आयल निगमले रुपन्देहीको भलावारी र पडसरीमा तेल चोरी आरोपमा तीन महिनाका लागि निलम्बनमा गरेका ८६ ट्यांकरचालकलाई उन्मुक्ति दिएको छ ।
निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले ट्यांकरचालकको कारबाही एक महिना १० दिनमा फुकुवा गरेको हो । महाप्रबनधक डा. चन्द्रिका ढकालले ट्यांकरचालकलाई करिब डेढ महिनाको कारबाहीपछि फुकुवाको निर्णय भएको बताए ।
‘विनियमावलीमा ३ महिनासम्म कारबाही गर्ने उल्लेख छ’, उनले भने, ‘सोहीअनुसार डेढ महिना कारबाही गरेपछि सञ्चालक समितिले कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।
नयाँ पत्रिका दैनिकबाट