
काठमाण्डु, १६ पुस– नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएका छन् ।
खरेल पर्सा प्रहरी प्रमुखको रुपमा काम गर्दा पत्नीलाई सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएका थिए । भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुराकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेका छन् ।
भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन प्रहरीमा पुरानै हो । त्यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ ।
खरेलले आफूले भ्रष्टचार गरेको नभई नियमअनुसार खाएको बताएका छन् ।
नयाँ पत्रिका दैनिकबाट
र यो पनि पढ्औ