
बैतडी, ३ भदौ । बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आक्रमणमा एक बालकको मृत्यु भएको छ ।
चितुवा आक्रमणमा तल्लो स्वराड क्षेत्रको विशालपुर–२ का परमा सुनीका ८ वर्षीय छोरा डम्बरको ज्यान गएको प्रहरीले जनाएको छ । आमासँग घरमा सुतिरहेका बेला डम्बरलाई गएराति करिब १२ बजे घरभित्र पसेको चितुवाले लिएर गएको दार्चुला प्रहरीले जनाएको छ । उनी स्थानीय कुलतडा प्राविमा कक्षा १ मा अध्ययनरत थिए ।
यो सँगै तल्लो स्वराडमा चितुवा आक्रमणमा मारिनेको संख्या यो वर्षमात्र १७ पुगेको छ । पटकपटक ध्यानाकर्षण गराइएको भए पनि सम्वद्ध पक्षले नियन्त्रणको पहल नगरेका कारण गाउँगा चितुवा आतंक फैलिएको भन्दै स्थानीय आक्रोशित छन् ।