
काठमाण्डु, २२ असोज– राष्ट्रपति रामवरण यादवले मलेसियाका लागि नेपाली राजदूतमा डाक्टर निरञ्जनमान सिंह बस्न्यातलाई नियुक्त गरेका छन् ।
राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार नेपालको अन्तरिम संविधान–२०६३ को धारा १ सय ५० अनुसार राष्ट्रपतिले बस्नेतलाई राजदूत नियुक्त गरेका हुन् ।
बस्न्यातलाई राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गरेका हुन् । बस्न्यात काठमाडौंका स्थायी बासिन्दा हुन् ।