
काठमाण्डु–गैरआवासीय नेपाली संघ (एनआरएनए)को छैटौं विश्व सम्मेलन १४ बुँदे काठमाण्डु घोषणापत्र जारी गर्दै मंगलबार सकिएको छ । घोषणापत्रमा आगामी चुनावहरुमा गैर आवासीय नेपालीहरुले पनि मतदान गर्न पाउनुपर्ने माग राखिएको छ ।
त्यस्तै अब बन्ने संविधानमा आफूहरुको नेपाली नागरिकतालाई निरन्तरता दिने ग्यारेन्टी गर्न, दोहोरो करबाट मुक्त गर्न, संघलाई राजनीतिक दलबाट मुक्त राख्न र विदेशमा रहेका नेपाली तथा उनीहरुका परिवारलाई राहत उपलब्ध गराउनका लागि राहत कोष स्थापनाको समेत माग गरिएको छ ।
सम्मेलनमा नवनिर्वाचित अध्यक्ष शेष घले लगायतका पूर्व अध्यक्षहरुले विदेशमा सिकेको सीप र ज्ञान तथा पुँजीलाई नेपालकोे विकासमा लगाउने प्रतिबद्धता जनाएका थिए ।