अर्थ

कायममुकायम गभर्नर तिम्सिनालाई अर्थमन्त्री पौडेलको आग्रहः गभर्नर नियुक्ति प्रक्रियामा सहजीकरण गरिदिनु पर्याे

२०८२ वैशाख १५ गते १२:४३

काठमाण्डू, १५ वैशाख– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कायममुकाय गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई नयाँ गभर्नर नियुक्तिको प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन । हिजो (आइतबार) कायममुकायम गभर्नर तिम्सिना सँग भएको भेटवार्ताको क्रममा अर्थमन्त्री पौडेलले यस्तो आग्रहर गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्तः अर्थमन्त्री पौडेल

२०८२ वैशाख १२ गते १७:३४

काठमाण्डू, १२ वैशाख– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताएका छन । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो...

साताको अन्तिममा नेप्सेमा हरियाली, कारोबार रकममा सुधार

२०८२ वैशाख ११ गते ३:११

काठमाण्डू, ११ वैशाख– साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । कारोबार सुरु भएदेखि नै स्थिर देखिएको सूचक अन्ततः २.०८ अंकले उकालो लाग्दै २६५८.०२ विन्दुमा आएर अडियो । सामान्य अंकको वृद्धिसँगै लगानीकर्ताको मनोबल केही हदसम्म बलियो बनेको देखिन्छ...

सेयर बजारमा चौथो दिन पनि गिरावट, कारोबार रकम पनि घट्यो

२०८२ वैशाख १० गते १५:३३

काठमाण्डू, १० वैशाख– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार चौथो दिन पनि गिरावट आएको छ । बुधबार बजार बन्द हुँदा नेप्से ३२.४४ अंकले घटेर २,६५५.८८ विन्दुमा पुग्यो। बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको देखिएको छ । अघिल्लो दिन ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर...

गभर्नर चयन समिति सदस्यबाट भट्टराईको राजीनामा

२०८२ वैशाख ९ गते १९:१५

काठमाण्डू, ९ वैशाख– नेपाल राष्ट्र बैंकको गभर्नर चयनका लागि गठित सिफारिस समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । एक महिना बित्दासमेत समिति बैठक नबसेपछि भट्टराईले मंगलबार राजीनामा दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले अहिलेसम्म बैठक बोलाएका थिएनन् । भट्टराईले बैठक नै नबस्ने...

नेप्से परिसूचकमा गिरावट, कारोबार रकम समेत घट्यो

२०८२ वैशाख ९ गते १८:५३

काठमाण्डू, ९ वैशाख– मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ९.९६ अंकले घट्दै २६८८.३२ विन्दुमा झरेको छ। परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन सोमबार ८ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ८ अर्ब ३२ करोड रुपैयाँको...

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२०८२ वैशाख ७ गते १२:०६

काठमाण्डू, ७ वैशाख– नेपाल राष्ट्र बैंकले आज (आइतबार) ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्दैँ छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकमा पैसा राख्न चाहने बैंक...

डा. गुणाकर भट्ट गभर्नर बन्न नसक्ने, राष्ट्रबैंक ऐन बन्यो बाधक

२०८२ वैशाख ५ गते १३:१६

काठमाण्डू, ५ वैशाख– गत २४ चैत देखि खाली रहेको नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्तिको विषय थप रोचक मोडमा पुगेको छ । गत मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता घटक दल एमाले र कांग्रेसको बैठकले भट्ट्को नाममा सहमति नजिक पुगको बालुवाटर निकट उच्च...

गभर्नर बन्ने पक्का भएपछि राष्ट्र बैंक कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा

२०८२ वैशाख ५ गते १२:५३

काठमाण्डू, ५ वैशाख– गर्भनर बन्ने पक्का भएपछि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भट्टलाई गभर्नर बनाउने बचन दिएपछि उनले कार्यकारी निर्देशकबाट राजीनामा दिएको स्रोतले जानकारी दिएको छ । गभर्नर बन्नका...

राष्ट्र बैंकको गर्भनरमा डा.गुणाकर भट्ट नियुक्ति गर्ने देउवा–ओलीविच सहमति !

२०८२ वैशाख ४ गते १२:५९

काठमाण्डू, ४ वैशाख– सत्ताका प्रमुख घटक दल कांग्रेस र एमालेबिच रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नरमा पदमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने सहमति जुटेको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता घटक दल कांग्रेस–एमालेको बैठकले भट्टको नाममा सहमति नजिक पुगेको बालुवाटार...

महाप्रसाद अधिकारीको हस्ताक्षरमा ५ को नयाँ नोट बजारमा

२०८२ वैशाख २ गते १५:२६

काठमाण्डू, २ वैशाख– आज मंगलबारदेखि नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका ५ लाख ६० हजार थान नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरेर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने गरी साविककै आकार तथा रङमा ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा...

मुलुकको अर्थतन्त्र समस्याग्रस्त छैनः अर्थमन्त्री पौडेल

२०८२ वैशाख २ गते १३:०९

काठमाण्डू, २ वैशाख– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र समस्याग्रस्त नरहेको दाबी गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गरेर ‘अर्थतन्त्र समस्याग्रस्त भएको’ भन्दै अर्थमन्त्री पौडेललाई सोधेकी थिइन् । अर्थमन्त्री पौडेलले सांसद गौतमलाई संसद सचिवालय मार्फत पठाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us