अर्थ

‘आयातमुखी अर्थतन्त्रबाट आर्थिक क्रान्ति असम्भव’

२०७० असोज ७ गते ५:५०

काठमाण्डु, ७ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयातमुखी अर्थतन्त्रबाट आर्थिक क्रान्ति सम्भव नहुने बताएका छन् । उद्योग मन्त्रालयअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरेको छलफलमा मन्त्री कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र दिगो विकास सम्भव हुने बताए । जनताको आर्थिक अवस्था मजबुत बनाउन स्थानीय उद्यमी र उद्योगहरुलाई प्रोत्साहित...

चार करोडमा २८ सडक बन्ने

२०७० असोज ७ गते ५:३९

विराटनगर, ७ असोज– मोरङ जिल्लामा एकैपटक २८ वटा सडक निर्माण सुरु भएको छ । हरेक गाविसलाई जिल्ला सदरमुकाम विराटनगरसँग जोड्ने उद्देश्यले चार करोडको लागतमा सडक निर्माणका आयोजना सुरु भएको हो । बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआइडी)को परियोजनाअन्तर्गत ४८ किलोमिटर ग्राभेल तथा आठ किलोमिटर कालोपत्रे...

गुणस्तरहीन स्याउले दुई लाख घाटा

२०७० असोज ७ गते १:३७

जुम्ला, ७ असोज–गुणस्तरहीन स्याउका कारण जुम्लाका व्यापारीले दुई लाख रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको छ । स्थलमार्गबाट करिब १४ टन स्याउ सुर्खेत र नेपालगन्ज पुर्‍याएपछि स्याउ कुहिनुका साथै त्यसको तौलमा कमी आएको र त्यसबाट आफूलाई दोब्बर घाटा भएको पातारासी गाविसका व्यापारी पूर्णबहादुर बोहराले बताए । ‘स्याउ...

त्रिशूली थ्री ए आयोजना सञ्चालनको माग

२०७० असोज ७ गते १:०५

नुवाकोट, ६ असोज– क्षमता वृद्धिको विवादका कारण अलपत्र परेको निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना सुचारु गर्न सरोकारवालाले माग गरेका छन् । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना सरोकार समिति र माथिल्लो त्रिशूली थ्री ए र थ्री बी जलविद्युत् आयोजना जनसरोकार समितिलगायत संघसंस्थाले...

गोदाममा आगो लाग्दा आठ करोड बढी क्षति

२०७० असोज ६ गते ९:३४

वीरगंज, ६ असोज – छिमेकी मुलुक भारतको रक्शौलमा आइतबार बिहान एक ट्रान्सपोर्ट गोदाममा आगलागी हुदा गोदाममा रहेका लत्ताकपडा सहित करोडौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । भारतिय टीसीआई ट्रान्सपोर्टको गोदाममा आईतवार विहान ९ बजे विद्युत सट भएर एक्कासी आगलागी हुदा ८ करोड...

टाटा–सिंगापुर एयरलाइन्सबीच साझेदारीले एयर एशियामा दरार

२०७० असोज ५ गते १३:२०

नयाँदिल्ली । सिंगापुर एयरलाइन्ससँग मिलेर टाटा समूहले पूर्ण सुविधाको विमान सेवा सञ्चालन गर्ने निर्णयपछि टाटा साझेदार रहेको अर्को विमान कम्पनी एयर एशिया इण्डियाको भारतीय साझेदार विच्किएको छ । एयर एशियाको भारतीय साझेदार टेलिस्ट्रा ट्रेड प्लेसका प्रमुख अरुण भाटियाले सिंगापुर एयरलाइन्ससँग शुक्रवार टाटा समूहले गरेको...

टानमा धमला प्यालनको वर्चश्व

२०७० असोज ५ गते २:४०

काठमाडौँ । पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ अध्यक्षमा रमेश धमला विजयी भएका छन् । गएराति अबेर सार्वजनिक गरिएको मत परिणामका अनुसार जाङ्बु शेर्पालाई पराजित गर्दै धमला निर्वाचित भएका हुन् ।  धमलाले खसेको कुल ५ सय ७ मतमध्ये ३ सय...

चितवनमा बजार बन्द

२०७० असोज ४ गते ४:५४

चितवन, ४ असोज–चितवनका व्यवसायीले शुक्रबार नारायणगढ बजार बन्द गराएका छन् । नारायणगढस्थित लक्ष्मीनारायण बस्त्रालयलाई राजस्व विभागले चार करोड ५८ लाख रुपैयाँ जरीवाना तोकेको विरोधमा उद्योग वाणिज्य संघ चितवनको आह्वानमा बजार बन्द गरिएको हो । संघले बुधबार भेला आयोजना गरी शुक्रबार जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय...

राजमार्गका होटेलमा अनुगमन गरिने

२०७० असोज ४ गते ४:१०

काठमाण्डु, ४ असोज – राजमार्ग छेउछाउँका होटेल व्यवसायीले सँधैजसो गुणस्तरहीन खाना र चर्को मूल्य असूल्ने गरेको गुनासो आए पनि कारबाही गर्न नसकेको सरकारले चाडपर्वलाई लक्षित गरी अनुगमन शुरु गर्दैछ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले दशैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरी राजमार्गका होटलहरुमा अनुगमन गर्न...

सुपथ मूल्य पसलमा किन्नेभन्दा सोध्नेको भीड

२०७० असोज ४ गते ३:२३

काठमाण्डु, ४ असोज । चाडपर्वको बेला सर्वसाधारण उपभोक्तालाई सस्तोमा खाद्यबस्तु बेच्न सरकारले खोलेका सुपथ मूल्य पसलमा सामान किन्नेभन्दा भाउ सोध्नेको भीड बढेको छ । कतिपयले सुपथ मूल्य पसलमा राखिएको मूल्य सूची हेरेर कागजमा टिपेर लैजाने र कतिपयले सोध्ने गरेको पसल व्यवस्थापकहरुको भनाई छ ।...

युरोपेली युनियन सहयोग रकम बढाउन सहमत

२०७० असोज ३ गते ८:०५

काठमाण्डु ३ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले युरोपेली सहयोग बृद्धि गर्न आफ्नो युरोप भ्रमण फलदायी भएको बताएका छन । साताव्यापी युरोप भ्रमणपछि स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोइरालाले नेपाललाई दिइ आएको सहयोग रकम बढाउन युरोपेली युनियन सहमत भएको बताए ।  मन्त्री कोइरालाले व्यापारसंग सरोकार राख्ने...

भक्तपुरमा दसैं–तिहार मेला सुरु

२०७० असोज ३ गते ५:४१

भक्तपुर, ३ असोज –भक्तपुरमा विहीबारदेखि दसैँतिहार मेला सुरु भएको छ । मेला एक महिनासम्म चल्ने छ ।  दसैँतिहार र छठ पर्वमा उपभोक्तालाई सहज, सरल र सस्तोमा एउटै छानामुनि सबै सामान उपलब्ध गराउने उद्देश्यले गंगा महिला हस्तकला केन्द्र र ओम शान्ति टेलरिङले भक्तपुरको सूर्यविनायकमा संयुक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us