काठमाण्डु १३ भदौ–दक्षिण एशिया क्षेत्रीय सहयोग संगठन सार्कका अर्थमन्त्री स्तरीय छैठौ बैठक शुक्रवार श्रीलंकाको राजधानी कोलम्बोमा शुरु हुदैछ । दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी गर्ने,लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिने र विश्वले झेलिरहेको वित्तिय...
चितवन, १२ भदौ– नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको पाँचौं राष्ट्रिय महाधिवेशनबाट खिलानाथ दाहाल अध्यक्षमा निर्वाचित भएका छन् । दाहाल काँगेस वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् । उनले संस्थापन पक्षका उम्मेद्वार पुस्कर आचार्यलाई ६२ मतले पराजित गरेका हुन् । कुल खसेको मतमा दाहालको पक्षमा...
म्याग्दी, १२ भदौ– नविकरणीय ऊर्जाबाट म्याग्दीका ३४ सय घर झिलीमिली भएका छन् । ग्रामीण ऊर्जा विकास कार्यक्रमबाट करिब तीन हजार ४ सय घरपरिवार लाभान्वित भएका हुन् । जिल्लामा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि जिविसमार्फत सञ्चालित ग्रामीण ऊर्जा विकास कार्यक्रमबाट चिमखोला, अर्मन, निस्कोट, रुम, ओखरबोट, देविस्थान,...
काठमाण्डु, १२ भदौ– नेपाली बजारमा सुनको मूल्य बुधबार एकै दिन तोलाको ३ हजार ४ सय रुपैयाँ बढेको छ । एकैपटक यतिधेरै मूल्य बढेको यो पहिलोपटक हो । सुनको मूल्य बढेर बुधबार ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ५९ हजार ९...
काठमाण्डु, १२ भदौ– अर्थमन्त्री शंकरप्रसाद कोइराला सार्क अर्थमन्त्री स्तरीय छैठौं बैठकमा भाग लिन बुधबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । यसैगरी बैठकले लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम...
काठमाण्डु, १२ भाद्र– डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि १ अमेरिकी डलरको मूल्य एक सय ५ रुपैयाँ ३१ पैसा तोकेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै महंगो हो । अर्थविदहरुले डलरको मूल्य अझै बढ्न सक्ने अनुमान गरेका...
काठमाण्डु, ११ भदौ– आन्तरिक राजस्व विभागले मदिरा उत्पादक र वितरण गर्नेलाई विषेश निगरानीमा राख्ने भएको छ । राजस्व र जनस्वास्थ्यमा समेत दूरगामी प्रभाव पार्ने भएकोले विभागले अवैध मदिरा नियन्त्रणको अभियान नै सञ्चालन गर्न लागेको जानकारी दिइएको छ । अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा...
काठमाण्डु, ११ भदौ– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले भ्रष्टाचार विरुद्ध शून्य सहनशिलता अपनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । भन्सार प्रमुखहरुका लागि आयोजित तीनदिने कार्यशालाको समापन कार्यक्रमलाई मंगलबार काठमाण्डुमा सम्बोधन गर्दै मन्त्री कोइरालाले सदाचारलाई आत्मसात् गर्न कर्मचारीहरुलाई निर्देशन दिए । छोटो दूरीका भन्सार कार्यालयबीच पनि समन्वय नहुने...
काठमाण्डु, ११ भदौ– अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएपछि बजार भाउ आकासिएको छ । डलरको मूल्य बढेको बहानामा व्यापारीले दैनिक उपभोग्यदेखि इलेक्ट्रोनिक बस्तुको मूल्य १५ देखि २५ प्रतिशतसम्म बढाएका छन् । डलरको मूल्य बृद्धिपछि आयातित सामान बजारमा आइनसके पनि व्यापारीले स्टक सामानकै मूल्य बढाउन...
काठमाण्डु, १० भदौ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम जारी छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार निर्धारण गरेअनुसार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय पुगेको छ । त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ५८ हजार ६ सय ५० निर्धारण भएको छ । आइतबार...
काठमाण्डु, १० भदौ– ‘जलविद्युत् विकासको गतिमा तीव्रता’ भन्ने मूल नाराका साथ सोमबारदेखि काठमाडौंमा ऊर्जा सम्मेलन शुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल र गैरआवासीय नेपाली संघको आयोजना तथा ऊर्जा मन्त्रालयको सहयोगमा सम्मेलन शुरु भएको हो । सम्मेलनमा नेपाल सहित चीन, भारत, रुस, दक्षिण...
काठमाण्डु, ९ भदौ । उपराष्ट्रपति परमानन्द झाले कृषि उत्पादनलाई प्रोत्साहन गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बढ्दो जनसङ्ख्या वृद्धिसँगै खाद्यान्नको माग पनि बढ्ने भएकाले सोहीअनुसार उत्पादन वृद्धिको नीति ल्याउनुपर्ने झाको भनाइ छ । कृषि पत्रकार समाजले आइतबार काठमाण्डुमा गरेको कार्यक्रममा उनले भने, ‘कृषिप्रधान...