पत्रपत्रिकाबाट

पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर शाही फरार

२०८१ कार्तिक १ गते ७:१८

काठमाण्डू, १ कात्तिक-ट्र्यापिङमा पारेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलेको घटनामा पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर विनुकुमारी शाही फरार भएकी छिन् । ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी) को प्रमुखमा कार्यरत रहँदा शाहीले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरी बलात्कार मुद्दामा...

सामाजिक सुरक्षा भत्ता लिइरहेका दुई लाख ३६ हजार लाभग्राही नक्कली !

२०८१ कार्तिक १ गते ७:११

काठमाण्डू, १ कात्तिक- राज्यबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका दुई लाख ३६ हजार लाभग्राही एकैपटक गायब भएका छन् । सामाजिक सुरक्षा नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको आबद्धता र सीधै खातामा पैसा हाल्ने प्रणाली सुरु भएसँगै आश्चर्यजनक रूपमा लाभग्राही घटेका हुन् । यसले विगतमा सामाजिक सुरक्षा भत्तामा ठुलो रकम...

किन सम्पत्ति विवरण सार्वजनिक गर्न डराइरहेका छन् ओली सरकारका मन्त्री ?

२०८१ कार्तिक १ गते ६:५८

काठमाण्डू, १ कात्तिक- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सय दिनको मधुमास पूरा गर्न करिब एक साता मात्रै बाँकी छ तर मन्त्रिपरिषद्का कुनै पनि सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलनविपरीत कानुनी छिद्र उपयोग गर्दै वर्तमान सरकारले...

एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिएबापत मीनबहादुरले के पाउंदैछन् बरदान ?

२०८१ असोज ३० गते ८:५२

काठमाण्डु, ३० असोज-प्रधानमन्त्री केपी शर्मा ओली दोहोर्‍याइरहन्छन्, ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ तर, पहिले पासाङ ल्हामु प्रतिष्ठान र अहिले तुलसीलाल प्रतिष्ठानजस्ता सार्वजनिक सम्पत्तिमा कार्यालय राख्दै आएको ओली नेतृत्वकै एमाले अब एक व्यवसायीले दानमा बनाइदिने करिब डेढ अर्बको भवनबाट सञ्चालन हुने भएको छ । ५ लाख...

फेरि नजिकिए प्रचण्ड र देउवा

२०७९ माघ २१ गते ८:०७

काठमाण्डु, २१ माघ– सत्ता गठबन्धनभित्र खटपट सुरु भएपछि कांग्रेस र माओवादीबीच अनौपचारिक संवाद सुरु भएको छ । राष्ट्रपति र गृह मन्त्रालयका विषयमा अविश्वास बढिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको स्थिरताका निम्ति कांग्रेससँग सहकार्य गर्ने विकल्पमा समेत छलफल थालेका छन् । प्रधानमन्त्री दाहालले बिहीबार पार्टीको आन्तरिक बैठकपछि...

प्रचण्ड भारी मतान्तरसहित निर्वाचित

२०७९ मंसिर ८ गते ६:१०

काठमाण्डु, ८ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २६ हजार १ सय ३ मतसहित प्रचण्ड निर्वाचित भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत...

इलाम, झापा, मोरङ र सुनसरीमा गठबन्धन बलियो

२०७९ कार्तिक ३० गते ७:५५

काठमाण्डु, ३० कात्तिक– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू...

बीमा समिति आजदेखि बीमा प्राधिकरण

२०७९ कार्तिक २२ गते ७:५६

काठमाण्डु, २२ कात्तिक– बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन–२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण...

नेपालमा चामलको मूल्य घट्ने

२०७९ कार्तिक १६ गते ७:४९

काठमाण्डु, १६ कात्तिक– भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले सोमबार सूचना जारी गर्दै...

जताततै निर्वाचन आचारसंहिता उल्लंघन

२०७९ कार्तिक १६ गते ७:४७

काठमाण्डु, १६ कात्तिक– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने...

दलहरुका योजना बिनाका घोषणा

२०७९ कार्तिक १६ गते ७:४४

काठमाण्डु, १६ कात्तिक– प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन् । तर, रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन् । यसले निर्वाचनमा भोट तान्ने उद्देश्यले मात्रै दलका घोषणापत्रममा रोजगारीका विषय समेटिएको देखाउँछ। रोजगारी सिर्जना गर्ने सवालमा जुनसुकै...

अबदेखि सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र

२०७९ कार्तिक १४ गते ७:५१

काठमाण्डु, १४ कात्तिक– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us