काठमाण्डू, १ कात्तिक-ट्र्यापिङमा पारेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख असुलेको घटनामा पक्राउ पुर्जी जारी भएपछि इन्स्पेक्टर विनुकुमारी शाही फरार भएकी छिन् । ललितपुरको प्रहरी प्रभाग बुङमती (भैँसेपाटी) को प्रमुखमा कार्यरत रहँदा शाहीले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरी बलात्कार मुद्दामा...
काठमाण्डू, १ कात्तिक- राज्यबाट सामाजिक सुरक्षा भत्ता लिइरहेका दुई लाख ३६ हजार लाभग्राही एकैपटक गायब भएका छन् । सामाजिक सुरक्षा नवीकरणका लागि राष्ट्रिय परिचयपत्रको आबद्धता र सीधै खातामा पैसा हाल्ने प्रणाली सुरु भएसँगै आश्चर्यजनक रूपमा लाभग्राही घटेका हुन् । यसले विगतमा सामाजिक सुरक्षा भत्तामा ठुलो रकम...
काठमाण्डू, १ कात्तिक- प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सय दिनको मधुमास पूरा गर्न करिब एक साता मात्रै बाँकी छ तर मन्त्रिपरिषद्का कुनै पनि सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलनविपरीत कानुनी छिद्र उपयोग गर्दै वर्तमान सरकारले...
काठमाण्डु, ३० असोज-प्रधानमन्त्री केपी शर्मा ओली दोहोर्याइरहन्छन्, ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ तर, पहिले पासाङ ल्हामु प्रतिष्ठान र अहिले तुलसीलाल प्रतिष्ठानजस्ता सार्वजनिक सम्पत्तिमा कार्यालय राख्दै आएको ओली नेतृत्वकै एमाले अब एक व्यवसायीले दानमा बनाइदिने करिब डेढ अर्बको भवनबाट सञ्चालन हुने भएको छ । ५ लाख...
काठमाण्डु, २१ माघ– सत्ता गठबन्धनभित्र खटपट सुरु भएपछि कांग्रेस र माओवादीबीच अनौपचारिक संवाद सुरु भएको छ । राष्ट्रपति र गृह मन्त्रालयका विषयमा अविश्वास बढिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको स्थिरताका निम्ति कांग्रेससँग सहकार्य गर्ने विकल्पमा समेत छलफल थालेका छन् । प्रधानमन्त्री दाहालले बिहीबार पार्टीको आन्तरिक बैठकपछि...
काठमाण्डु, ८ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २६ हजार १ सय ३ मतसहित प्रचण्ड निर्वाचित भएका हुन् । उनका निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत...
काठमाण्डु, ३० कात्तिक– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा नेपाली कांग्रेससहितको गठबन्धनका उम्मेदवारहरू...
काठमाण्डु, २२ कात्तिक– बीमा व्यवसायको नियमन गर्दै आएको बीमा समिति मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण भएको छ । बीमा ऐन–२०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो । भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण...
काठमाण्डु, १६ कात्तिक– भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले सोमबार सूचना जारी गर्दै...
काठमाण्डु, १६ कात्तिक– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ । निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने...
काठमाण्डु, १६ कात्तिक– प्रमुख दलले स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई घोषणापत्रमा उच्च प्राथमिकता दिएका छन् । तर, रोजगारी सिर्जना गर्ने आधारबारे भने स्पष्ट पार्न सकेका छैनन् । यसले निर्वाचनमा भोट तान्ने उद्देश्यले मात्रै दलका घोषणापत्रममा रोजगारीका विषय समेटिएको देखाउँछ। रोजगारी सिर्जना गर्ने सवालमा जुनसुकै...
काठमाण्डु, १४ कात्तिक– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा विमानस्थल) चलायमान बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट हुने र नेपालमा हुने सबै अन्तर्राष्ट्रिय चार्टर उडान भैरहवाबाट मात्र गर्नुपर्ने निर्णय गरेको छ । तर कूटनीतिक चार्टर उडान, कार्गो र सेनाका उडान भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् ।...