काठमाण्डु, १७ पुस–स्थानीय विकास कोषबाट परिचालन गरिएको जोखिमपूर्ण बजेटबारे जानकारी गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन जिविसहरुले अटेर गरेका छन् । ६६ जिविसले स्थानीय स्तरमा परिचालन गरेको साढे ३ अर्ब रुपैयाँ बेबारिसे भएर जोखिममा परेकोबारे जानकारी गराउन अख्तियारले निर्देशन दिए पनि जिविसहरुले अटेर...
काठमाण्डु, १७ पुस– तस्करीका क्रममा प्रहरीले बरामद गरेको ३५ किलो सुनको सुराकी प्रकरणमा संसद्को लेखा समितिको छानविन ठोस निर्णयबिना टुंगिएको छ । कारबाहीका लागि अघि सरेको समिति ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न दिने’ निर्णय गर्दै ‘ब्याक’ भएको छ । यसअघि समितिले प्रहरी तथा...
काभ्रे, १७ पुस– सामाजिक मान्यताअनुसार २० वर्षअघि विवाह गरेकी श्रीमतीलाई माया र डरमा पारी छोडपत्र गरेको खुलासा भएको छ । छोडपत्र गरेको महिना दिन हुनै लाग्दा माइती पक्षले सुचना पाएपछि पुनः तिनै श्रीमानले विवाह दर्ताको प्रक्रिया शुरु गरेका छन् । महादेवस्थान–२ धाइटारमा घर भएका...
काठमाण्डु, १७ पुस– पूर्वनिर्धारित मिति माघ ८ मा संविधान जारी हुन नसक्ने देखिएपछि संविधान जारी गर्ने अर्को मिति घोषणाको आन्तरिक गृहकार्य सुरु भएको छ । संविधानका विवादित अन्तरवस्तुमा तीन दिनभित्र सहमति नजुटे प्रक्रियाबाट माघ ८ गते संविधान जारी हुन असम्भव भएपछि संविधानसभाबाटै अर्को मिति...
अमेरिका, १७ पुस– दुई वर्षे बलाकले आमाको हत्या गरेभन्दा अचम्म लाग्नसक्छ । तर, अमेरिकाको लस एन्जल्समा मंगलबार त्यस्तै भएको छ । तर, उनले जानेर आफ्नी आमाको हत्या गरेका भने पक्कै होइनन् । त्यसो त उनलाई हत्या भनेको पनि कहाँ थाहा छ र ? बन्दुक...
काठमाण्डु, १६ पुस– ८ माघको आसपास नवगठित नेकपा माअोवादीले ठूलै वितण्ड मच्चाउने चर्चा देशभित्र चलिरहेका बेला सरकारी संयन्त्रको आँखा छल्दै र तथाकथित राजनीतिक विश्लेषकलाई चक्मा ख्वाउँदै विप्लवले विदेशीबीच चाहिं दह्रो चलखेल गरेको प्रमाण भेटिएको छ । गृह प्रशासन माओवादी केन्द्रित सुरक्षा रणनीति तर्जुमामा जुटेका...
काठमाण्डु, १६ पुस– सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन, ‘म एकदम सेक्सी छु, मलाई जतिबेला पनि सेक्स चाहिन्छ ।’ अर्धनग्न तस्बिर अनि यस्तो स्टाटस । पश्चिमी मुलुकतिर समाज उदार छ र यस्ता कुरा चल्दा हुन् । तर हामीकहाँ त्यो पनि नेपाली सेना...
काठमाण्डु, १६ पुस– नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएका छन् । खरेल पर्सा प्रहरी प्रमुखको रुपमा काम गर्दा पत्नीलाई सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएका थिए ।...
काठमाण्डु, १६ पुस– पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारले ‘व्यक्तिगत लाभ’ लिएर ज्ञान हर्वल प्रोसेसिङ प्रालिलाई लौठसल्लाको पात संकलन अनुमति दिएको भन्दै बन मन्त्रालयको निर्णय बदर गराउन संसदीय समिति गुहारेकी छिन् । आफू अध्यक्ष रहेको माछापुच्छ्रे हर्वल कम्पनी र नेचुरल फ्लावर हन्ड हर्वल कम्पनीमै...
बाँके, १६ पुस–दिल्लीमा इन्जिनियरिङ पढिरहेका एक युवा आफ्नो बालविवाह बदर गर्नका लागि महिला तथा बालबालिका कार्यलयमा सल्लाह लिन आए । १३ वर्षको उमेरमा विवाह भएका मधेसी समुदायका ती युवालाई महिला तथा बालबालिकको कार्यालयले विवाह भएको आधिकारिक प्रमाण र अभिभावकलाई लिएर आउन भनि पठायो ।...
काठमाण्डु, १६ पुस– नक्कली सुराकी खडा गरेर प्रहरीले तस्करीका क्रममा बरामद हुने सुनबाट लाखौं कमिसन खाने गरेको छ । पछिल्ला तीन वर्र्षमा झन्डै साढे २३ करोड रुपैयाँ कमिसनमा खर्च भएको छ । त्यसको ७० प्रतिशत रकम प्रहरीले नै खाएको छ । नियमित चेकजाँचका क्रममा...
काठमाण्डु, १५ पुस– सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् । सेलिब्रेटी प्रहरी अधिकृत खरेलले...