पत्रपत्रिकाबाट

शीर्ष नेताहरुकै गाईजात्रा !

२०७१ पुष ९ गते २:३१

काठमाण्डु, ९ पुस–एमाले अध्यक्ष केपी ओली अनुपस्थित भएपछि मंगलबार साँझ बस्ने भनिएको मधेसी मोर्चासहित प्रमुख चार दलको बैठक बस्न सकेन । डेढ घन्टा कुर्दा पनि ओली नआएपछि प्रधानमन्त्रीनिवास बालुवाटारबाट एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरु बाहिरिए । त्यतिखेर ओली प्रेस चौतारी नेपालको कार्यक्रममा व्यस्त...

बैंककमा अपरहणमा परेका नेपाली विद्यार्थी पाँच दिनपछि मुक्त

२०७१ पुष ९ गते २:२९

काठमाण्डु, ९ पुस– थाइल्यान्डमा शुक्रबार अपहरणमा परेका तीन नेपाली विद्यार्थी पाँच दिनपछि मंगलबार मुक्त भएका छन् । नेपाल प्रहरी र थाई प्रहरीको संयुक्त कारबाहीमा उनीहरु अपहरणमुक्त भएका हुन् । अपहरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य सात अपहरणकारी फरार भएका छन्...

कृषिप्रधान देशमा दैनिक २ करोडको तरकारी भारतबाट !

२०७१ पुष ९ गते २:०७

काठमाण्डु, ९ पुस– भारतबाट मात्र दैनिक करिब दुई करोड रुपैयाँको तरकारी आयात हुने गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्ला चार महिनामा भारतबाट मात्रै २ अर्ब २७ करोड रुपैयाँको तरकारी आयात भएको छ । तथ्यांकअनुसार महिनाको ५६ करोड रुपैयाँको आयात भएको देखिन्छ । यो...

आइसियु बनाउन एक पैसा !

२०७१ पुष ९ गते १:४७

धनगढी, ९ पुस– विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न चचिर्त ‘एक पैसा अभियान’ सञ्चालन गरेको सुदूरपश्चिमवासी यतिबेला अर्को संवेदनशील प्रयोजनका लागि त्यही अभियान दोहोर्‍याउँदै छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाइमा सेती अञ्चल अस्पतालमा सघन उपचार कक्ष आइसियु स्थापना गर्न अभियान सुरु भएको छ । सुदूरपश्चिमका...

भैंसी मार्न सेना परिचालन !

२०७१ पुष ८ गते ३:०६

काठमाडु, ८ पुस–कोसीटाप्पु वन्यजन्तु आरक्षभित्र भैंसी आतंक भच्चिएको छ । आरक्ष क्षेत्रभित्र जथाभावी छाडिएका हजारौं भैंसीका कारण निकुञ्ज प्रशासन र स्थानीय दुवै पक्ष तनावमा छन् । आरक्ष स्थापना भएदेखि नै छोड्न सुरु गरिएका भैंसी स्थानीय बासिन्दाले निकाल्न नमानेपछि प्रशासनले गोली हानेर १० भन्दा बढी...

ऊर्जामन्त्री राधा ज्ञवालीले हस्तक्षेप बढाएको भन्दै लगानी फिर्ता गर्ने जापानको चेतावनी

२०७१ पुष ८ गते २:२८

काठमाडु, ८ पुस– नेपाल सरकारले माथिल्लो सेती ‘तनहुँ जलविद्युत’ आयोजनाको परामर्शदाता छनोट प्रक्रियामा हस्तक्षेप गरेको भन्दै लगानीकर्तामध्ये एक जापान सरकारले सम्पूर्ण लगानी फिर्ता लैजाने चेतावनी दिएको छ । जापानी राजदूत मासासी ओगावाले सोमबार बिहान नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेललाई उनकै निवासमा भेटी छनोट प्रक्रियामा...

४० किलो अलैंचीको मूल्य एक लाख !

२०७१ पुष ८ गते २:०८

ताप्लेजुङ, ८ पुस–पहाडी जिल्लामा उत्पादन हुने अलैंचीको मूल्य प्रतिमन (४० किलो) १ लाख रुपैयाँ पुगेको छ । सदरमुकाम फुंलिङका व्यवसायीले सोमबार हालसम्मकै उच्च मूल्यमा कारोबार गरे । हाङदेवा–६ का घनबहादुर कार्कीले अलैंची प्रतिमन लाख रुपैयाँमा लिएको बताए । उनले पाँच वर्षअधि त्यति अलैंची ८...

सेयर पाउन गर्भमा भएका बच्चाको पनि जन्मदर्ता !

२०७१ पुष ८ गते १:४५

दोलखा, ८ पुस–स्वदेशी लगानीको माथिल्लो तामाकोसी जलविद्युत आयोजना ‘४५६ मेगावाट’ मा स्थानीयका लागि छुट्टाइएको १० प्रतिशत सेयरका लागि जन्मदै नजन्मिएका बच्चाको समेत जन्मदर्ता गराउने गिरोह सक्रिय भएको छ । जन्मदर्ताकै आधारमा सेयर लगानी गर्न पाउने भएपछि बच्चाको काल्पनिक नाम राखेर जन्मदर्ता गराउनेहरु गाउँगाउँमा खटिएका...

क्यानकै कारण गुम्यो क्रिकेटको चार करोड !

२०७१ पुष ८ गते १:३०

काठमाण्डु, ८ पुस– नेपाल क्रिकेट संघ ‘क्यान’को गैरजिम्मेवारका कारण क्रिकेट विकासका लागि प्राप्त हुने ४ करोड भन्दा बढी रुपैयाँ गुमेको छ । एसियाली क्रिकेट परिषद् ‘एसिसी’ले पटकपटक ताकेदा गर्दा पनि संघले व्यावसायिक प्रस्तावसमेत नपठाएपछि नेपालले पाउने झन्डै ४ लाख ८ हजार डलर फ्रिज भएको...

नेपालको नयाँ संविधान पर्खदै भारत

२०७१ पुष ८ गते १:१८

नयाँदिल्ली, ८ पुस– भारतीय संसद्का सदस्य एवं कांग्रेस पार्टीका वरिष्ठ नेता करण सिंहले भारत नेपालको नयाँ संविधानको पर्खाइमा रहेको बताएका छन् । आफूलाई नेपालको ज्वाईं भनी परिचित गराउन चाहने सिंहले भने, ‘कहिले अग्रभाग तथा कहिले पृष्ठभागमा रहेर नेपालसँग ६० वर्र्षदेखि निकट छु । हामीले...

सेक्स अफर गर्दै तीन लाख मोबाइलमा एसएमएस पठाउने संस्था भन्छ, ‘नेपालीले कुरै बुझेनन्’

२०७१ पुष ७ गते ३:३३

काठमाण्डु, ७ पुस– ‘तेर दे जोम फाउण्डेसन लोनाज’ (टिडिएच) नामक संस्थाले खुलेआम ‘यौन व्यवसाय’ सम्बन्धी एसएमएस पठाएर उपत्यकाबासीलाई भ्रममा पार्ने र त्रास फैलाउने काम गरेको छ । यौन शोषणमा परेका बालबालिकालाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गरिएको बताउादै आएको उक्त संस्थाले एनसेल र नेपाल टेलिकमका...

पारस डेढ महिनादेखि जेलमा !

२०७१ पुष ७ गते २:०८

काठमाण्डु, ७ पुस– अवैध लागूऔषध सेवनका कारण थाइल्यान्डमा पटक–पटक पक्राउ परेका पूर्वयुवराज पारस शाह डेढ महिनादेखि थाइ कारागारमा बस्न बाध्य भएका छन् । उनी गत कात्तिक महिनाको अन्तिम सातादेखि थाइल्यान्डको रुङखाइस्थित कारागारमा रहनुपरेको छ । पछिल्लो पटक अवैध लागूऔषधसहित पक्राउ परेका पारसको मुद्दामा थाइ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us