पत्रपत्रिकाबाट

मधेस सरकारको लोभमा एमालेसँग जसपाको तालमेल

२०७९ असोज ३१ गते ६:५४

काठमाण्डु, ३० असोज– जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि एमालेसँग चुनावी तालमेल गरेको पाइएको छ । मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ । त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग...

सरकारका अधिकांश मन्त्रीद्वारा निर्वाचन आचार संहिता उल्लंघन

२०७९ असोज ३० गते ७:५२

काठमाण्डु, ३० असोज– सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् । तर, सरकारका झन्डै १४ मन्त्री...

चुनावी मैदानमा चिकित्सकहरू

२०७९ असोज २९ गते ७:३२

काठमाण्डु, २९ असोज– बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ । विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन् । पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला...

सरकारले सरुवा गरेका ४ कर्मचारी अलपत्र

२०७९ असोज २७ गते ८:२८

काठमाण्डु, २७ असोज–राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत कार्यकारी समितिको बस्दै नबसेको बैठकको निर्णय उल्लेख गर्दै सरकारले सरुवा गरेको ४ कर्मचारीको हाजिर नगराएको खुलेको छ । सरकारको निर्णय अटेर गर्ने तर सरकारी सुविधा दुरूपयोग गर्ने उपाध्यक्षसहित आयोगका निर्देशकलाई...

मेलम्चीको पानी काठमाण्डु ल्याउन सुरु

२०७९ असोज २७ गते ८:२३

काठमाण्डु, २७ असोज– मेलम्चीको पानी तेस्रो पटक काठमाण्डु उपत्यकामा ल्याउने तयारी सुरु गरिएको छ । पानी ल्याउन मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससम्म पुग्न बाढीले बगाएका पहुँच सडक तथा पुलको अस्थायी निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलप्रसाद श्रेष्ठले आसन्न प्रतिनिधि...

चुनावको मुखमा पाँच प्रभावशाली नेतालाई पार्टीबाट निकाल्दै एमाले

२०७९ असोज २६ गते ९:११

काठमाण्डु, २६ असोज– नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी...

एमालेलाई २३ क्षेत्रमा पार्टीकै पूर्व नेताबाट चुनौती

२०७९ असोज २६ गते ९:०९

काठमाण्डु, २६ असोज– ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ । एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् । आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन...

सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट

२०७९ असोज २५ गते ७:५०

धनगढी, २५ असोज– सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभामा दुई सीट मात्र पाएको छ । नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो...

गगन थापा र रवीन्द्र मिश्रको उम्मेदवारी खारेजीको माग

२०७९ असोज २५ गते ७:४६

काठमाण्डु, २५ असोज– प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन गरेका विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरूविरुद्ध उनीहरूकै प्रतिस्पर्धीका साथै विभिन्न व्यक्तिले उजुरी गरेका छन् । उम्मेदवार मनोनयनमा उल्लेख भएको नाम, जन्ममितिसहित विभिन्न विषयमाथि प्रश्न उठाउँदै उजुरी परेको हो । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री...

शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी

२०७९ असोज २५ गते ७:३८

कालिकाृेट, २५ असोज– कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । मुगुमा आठ जनाको मृत्यु भएको छ । कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ । कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका...

रेशम चौधरीको उम्मेदवारी खारेज हुन्छः निर्वाचन आयोग

२०७९ असोज २४ गते ७:२३

काठमाण्डु, २४ असोज– ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन । जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भइसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी...

बालकोटमा ओलीको प्रश्नः भीम रावल र घनश्याम भुसाल एमालेमै हो र ?

२०७९ असोज १५ गते ८:०६

काठमाण्डु, १५ असोज– एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ । बिहीबार बालकोटमा मध्यरातसम्म बसेको सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस भएर आएका उम्मेदवारको उम्मेदवारी टुंगो लगाएको हो । सचिवालय बैठकले नमिलेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us