पत्रपत्रिकाबाट

पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

२०७९ असोज १४ गते ७:५५

काठमाण्डु, १४ असोज– नेपाल–भारत सीमाक्षेत्रबाट पाकिस्तानी र चिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ । पाँचदिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक सुजोयलाल थाउसेनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँगको औपचारिक भेटमा यस्तो...

निजमति सेवामा स्याङजा हाबी, मनाङ शून्य

२०७९ असोज १४ गते ७:५१

काठमाण्डु, १४ असोज– बितेको एक वर्षमा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला स्याङ्जा बनेको छ । मनाङबाट भने वर्षभरिमा एक जना पनि कर्मचारी निजामती सेवामा प्रवेश गरेका छैनन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगले बुझाएको ६३औँ प्रतिवेदनअनुसार एक वर्षमा स्याङ्जाका १२२...

मुस्लिम युवतीलाई हिन्दू बनाएर नागरिकता दिएको विषयले हंगामा

२०७९ असोज १४ गते ७:४८

सप्तरी, १४ असोज– सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । बुबा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँट नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो । गत...

सभामुख र उपसभामुखको तलब भत्ता रोक्का

२०७९ असोज १४ गते ७:४४

काठमाण्डु, १४ असोज– प्रतिनिधिसभाका सभामुख र उपसभामुखको तलबभत्ता अदालतको आदेश नआएसम्म रोकिने भएको छ । असोज १ पछि उनीहरूले पाउने सबै तलबभत्ताको रकम संसद् सचिवालयले रोकेको हो । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको तलबभत्ता रोकिएपछि उनीहरूका स्वकीयहरूले पाउने तलबभत्ताको रकम पनि रोकिएको...

नाङ्लो पसलमा एकैछिनमा भरिन्छ लाइसेन्स फाराम

२०७९ असोज १३ गते ६:४०

काठमाण्डू,१३ असोज–सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीलेअनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् । तर यातायात व्यवस्थाकार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमाफाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ । अनलाइन आवेदनकति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ ।...

एमालेका १० भाइले टिकट नपाउने

२०७९ असोज १२ गते ७:३२

काठमाण्डु, १२ असोज– नेपाल कम्युनिस्ट पार्टी एमालेले विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विरोध गर्ने १० भाइलाई आत्मालोचना गराएर मात्रै टिकट दिने भएको छ । तत्कालीन नेकपा हुँदा अध्यक्ष एवं प्रधानमन्त्री रहेका केपी ओलीको विरोध गर्ने नेतालाई अनुशासन उल्लंघन गरेको निष्कर्षसहित एमालेले आत्मालोचना गरेपछि मात्रै...

सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

२०७९ असोज १० गते ७:१८

काठमाण्डु, १० असोज– नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो । शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा...

सभामुख र राष्ट्रियसभा अध्यक्ष किन गर्छन् झगडा ?

२०७९ असोज १० गते ७:१४

काठमाण्डु, १० असोज– सभामुखको कार्यकालको विवाद उत्कर्षमा पुगेको छ । यसअघि राजनीतिक वृत्तमा मात्र सीमित रहेको विवादले औपचारिक रूपमा सङ्घीय संसद् सचिवालयमा समेत प्रवेश पाएको छ । निर्वाचन आयोगले गरेको व्याख्या र यसअघिको अभ्यासका आधारमा भन्दै राष्ट्रिय सभा अध्यक्षको निर्देशनमा निजी सचिवालयले सभामुख अग्निप्रसाद...

मधेसका प्रभावशाली नेता धमाधम एमालेमा

२०७९ असोज ९ गते ७:४२

काठमाण्डु, ९ असोज– प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी...

उम्मेदवारले पहिलाभन्दा यसपटक बढी खर्च गर्न पाउने

२०७९ असोज ९ गते ७:३९

काठमाण्डु, ९ असोज– आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारले गर्ने निर्वाचन खर्चको सीमा बढाउने तयारी गरिएको छ । उम्मेदवारले गर्ने खर्च वैज्ञानिक बनाउन निर्वाचन आयोगले आवश्यक सूत्र तयार गरी खर्च सीमा तय गर्न लागेको हो । राजनीतिक दलसँगको छलफल तथा सुझावका...

घरभित्र पसेर दही चोरेको आरोपमा दलित बालिकालाई बाँधेर कुट्ने दम्पत्तिलाई जेल सजाय

२०७९ असोज ९ गते ७:३६

काठमाण्डु, ९ असोज– दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय...

नेपाली रुपैयाँ इतिहासकै कमजोर

२०७९ असोज ९ गते ७:३२

काठमाण्डु, ९ असोज– नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ । नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो । नेपालले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us