समाचार

सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैनः प्रधानमन्त्री

२०८१ चैत २७ गते १४:४६

काठमाण्डू, २८ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने बताएका छन । आज (बिहिबार) नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्दै...

शंखमुलमा एक व्यक्ति मृत अवस्थामा फेला

२०८१ चैत २७ गते १२:३८

काठमाण्डू, २८ चैत– काठमाण्डू महानगरपालिका–३१ शंखमुलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै...

प्रधानमन्त्री ओलीले ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्ने

२०८१ चैत २७ गते १२:१३

काठमाण्डू, २८ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्ने भएका छन । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...

मकवानपुरमा बस दुर्घटना

२०८१ चैत २७ गते ८:०३

मकवानपुर, २८ चैत- मदन भण्डारी मार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका ३ चिसापानीमा बस दुर्घटना भएको छ । बाप्र ०६–००१ख०२७० नम्बरको बस गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार सिन्धुलीको एक कार्यक्रममा सहभागी भएर फर्कंदै गरेका अगुवा कृषक सवार बस पल्टिएको प्रहरीको भनाइ...

बझाङमा चट्याङ लागेर वृद्धको मृत्यु

२०८१ चैत २७ गते ७:४५

बझाङ, २८ चैत- बझाङमा वर्षातसँगै परेको चट्याङ लागेर वृद्धको भएको छ । बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । जिल्लामा लगातार पानी र अझै...

उपत्यकासहित देशभर वर्षा, आकाशको तुवाँलो हट्दै

२०८१ चैत २७ गते ७:४२

काठमाण्डू, २८ चैत- काठमाण्डू उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबार बिहानैदेखि सामान्य वर्षा भइरहेको छ । आज मध्याह्न, अपराह्न र राति पनि सामान्य रुपमा वर्षा हुने मौसमविद् डेभिड ढकालले बताए । वर्षासँगै काठमाण्डु उपत्यकाको साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने ढकालले...

दुर्गा प्रसाईं भन्छन्ः म नेपालभित्रै छु, मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र सार्वजनिक हुन्छु

२०८१ चैत २६ गते १९:१६

कामठाण्डू, २७ चैत– फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने बताएका छन । प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको छ । साढे आठ मिनेट लामो...

प्रधानमन्त्रीलाई गगनको सुझावः डुल्न–घुम्न छाड्नुस्, काम गर्नुस्

२०८१ चैत २६ गते १८:२०

कामठाण्डू, २७ चैत– कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर खर्च नर्गन सुझाव दिएका छन । प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने–घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको महामन्त्री थापाको तर्क छ । रुपन्देहीको देवदहमा पार्टीले...

देशमा भ्रष्टाचार चलिरहेको आशंका छः प्रधानमन्त्री

२०८१ चैत २६ गते १८:१४

कामठाण्डू, २७ चैत– एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन । आज (बुधबार) नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन । प्रधानमन्त्री ओली भने, ‘आज हामीलाई सुशासन चाहिएको छ...

रुपन्देही पुगेर गगनले सुनाए गुटबन्दी अन्त्य गर्ने, कार्यकर्ता बलियो बनाउने सूत्र

२०८१ चैत २६ गते १८:००

कामठाण्डू, २७ चैत– पूर्वमन्त्री एवं कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्न अहिले अभ्यासमा रहेको संगठनात्मक पद्धति बदल्नुपर्ने बताएका छन । आज बुधबार नेपाली कांग्रेसको रुपन्देही–१ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले...

खुमबहादुर खड्काको जग्गा जफत गर्ने प्रक्रिया अघि बढ्यो

२०८१ चैत २६ गते १७:३५

कामठाण्डू, २७ चैत– नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढेको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले खड्काको सानेपास्थित जग्गा जफतको प्रक्रिया अघि बढाएको हो । विभागका महानिर्देशक सुरेश पन्थीले सर्वोच्च अदालतको आदेश अनुसार जग्गा जफतका लागि प्रक्रिया अघि बढाइएको...

आजको वर्षाले काठमाण्डूलाई राहत

२०८१ चैत २६ गते १६:३४

कामठाण्डू, २७ चैत– काठमाण्डू उपत्यकामा धेरै लामो समयपछि पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा अहिले वर्षा भएपछि काठमाण्डूबासीलाई राहत भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार अहिले काठमाण्डूका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us