काठमाण्डू, २२ चैत– प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज (शुक्रबार) थाइल्याण्डको बैङ्ककमा भेटवार्ता भएको हो । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि...
काठमाण्डू, २२ चैत– सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन न्युन क्षति हुने गरी आवश्यकताको आधारमा बल प्रयोग गरिएको बताएका छन् । आज (शुक्रबार) राज्य व्यवस्था समितिको बैठकमा सशस्त्र महानिरीक्षक अर्यालले यस्तो बताएका हुन ।...
काठमाण्डू, २२ चैत– गत शुक्रबार काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रर्दशन हिंसात्मक रुपमा परिर्वतन भएपछि भागेका उक्त आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईं भक्तपुर, सिन्धुली हुँदै झापासम्म पुगेको प्रहरीले पत्ता लगाएको छ । काठमाण्डूको तीनकुनेमा प्रहरीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेका प्रसाईंलगत्तै सुरक्षाकर्मीको नियन्त्रणमा...
काठमाण्डू, २२ चैत– काठमाण्डू महानपालिकाका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाण्डू महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष माफी मागेका छन् । आज (शुक्रबार) काठमाण्डू महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल...
काठमाण्डू, २२ चैत– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि कुलमान घिसिङले पहिलोपटक शुक्रबार आफ्ना धारणा सार्वजनिक गरेका छन् । आज (शुक्रबार) काठमाण्डूमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नो कार्यकालमा भएका काम र सरकारले आफूलाई पदबाट हटाउन लगाएका आरोपबारे बताए । सँगैसँगै घिसिङले राजनीतिमा...
काठमाण्डू, २२ चैत– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास भएको बताएका छन । आज (शुक्रबार) बर्खास्तीमा परेपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत् प्रधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले...
काठमाण्डू, २२ चैत– गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन नेपालको संविधान उल्ट्याउने, राज्यव्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको दाबी गरेका छन । आज (शुक्रबार) संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिंदै गृहमन्त्री लेखकले यस्तो बताएका छन । उनले...
काठमाण्डू, २२ चैत– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन । आज (शुक्रबार) कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् । महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले...
काठमाण्डू, २२ चैत– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साङ्ग्रिला सदस्य मुलुकका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक...
काठमाण्डू, २२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई सम्बोधन गरेपछि ओलीले मोदीलाई भेट्ने कार्यक्रम तय भएको बताइएको...
काठमाण्डू, २२ चैत– मोरङमा कुकुरको टोकाइबाट एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मगरको मृत्यु...
काठमाण्डू, २२ चैत- प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदी एक डिनरमा भेटिएका छन् । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनअघि बिहीबार साँझ बैंककमा आयोजित डिनरमा उनीहरु भेटिएका हुन् । ओली गत असारमा अन्तिममा प्रधानमन्त्री भएपछि दुई छिमेकी...