समाचार

मुल्य बृद्धि तत्काल फिर्ता लिन माग

२०७० भदौ २६ गते ७:३९

काठमाण्डु २६ भदौ– नेकपा–माओवादीले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । मुल्यबृद्धिलाई भ्रष्टाचार र कमिशनका बलमा गरिएको भन्दै सो पार्टीले मुल्यबृद्धिको बिरुद्ध संघर्षमा उत्रन आब्हान गरेको छ । प्रवक्ता पम्फा भुसालद्धारा बुधवार जारी प्रेस बिज्ञप्तिमा चाडबाडको मुखैमा एक महिना...

सत्ता पक्ष निर्वाचनतिर,बैद्य अलमलमा

२०७० भदौ २६ गते ६:२०

काठमाण्डु २५ भदौ– निर्वाचनको मिति सार्न दबाब दिएपछि उच्चस्तरिय राजनीतिक समितिले नेकपा–माओवादीलाई छोडेर निर्वाचन प्रक्रियामा केन्द्रित हुने निष्कर्ष निकालेको छ । माओवादीले मंसिरको सट्टा संबिधानसभा निर्वाचनलाई चैतमा सार्नु पर्ने अडान दोहोरयाएपछि समितिका शिर्ष नेताहरुले बुधवार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर मुलुकलाई नै निर्वाचनमा केन्द्रित गराउन...

मन्त्रिपरिषद्का अध्यक्षको अमेरिका भ्रमण छोट्टियो

२०७० भदौ २५ गते १८:०३

काठमाण्डु २५ भदौ- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसङ्घको ६८औं महासभामा सानो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छोटो समयका लागि आगामी असोज १० गते न्यूयोर्क जाने भएका छन्।  संविधान सभा निर्वाचनको तयारीमा मुलुक जुटेका बेला लामो समय सरकार प्रमुख विदेश यात्रामा निस्कनु उपयुक्त नहुने ठहर...

पेट्रोलियम पदार्थमा मुल्यबृद्धि

२०७० भदौ २५ गते १६:३३

काठमाण्डु २५ भदौ–नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको छ । निगम सञ्चालक समितिको मंगलबार राती बसेको बैठकले डिजेल र मट्टीतेलमा तीन–तीन रुपैया र पेट्रोलमा पाँच रुपैया मुल्यबृद्धि गरेको हो । हवाई इन्धनमा आन्तरिक तर्फ सात रुपैया गरेको छ भने हवाई इन्धनमा अन्तराष्ट्रिय...

वैद्यलाई सहमतिमा ल्याउन राष्ट्रपतिको दबाब

२०७० भदौ २५ गते १६:३३

काठमाण्डु, २५ भदौ– राष्ट्रपति रामवरण यादवले समय निकै घर्कीसकेकाले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीलाई तत्काल सहमतिमा ल्याउन मुख्य चार दलका शीर्ष नेतालाई दबाब दिएका छन् । उच्चस्तरीय राजनीतिक समितिमा रहेका एकीकृत माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेतालाई सोमबार शीतलनिवास बोलाएर...

माओवादीले देशभरका जिल्ला प्रशासन कार्यालय घेर्ने

२०७० भदौ २५ गते ३:१२

काठमाण्डु, २५ भदौ– एकीकृत माओवादीले आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीलाई हत्या आरोपमा पक्राउ गरिएको विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । ।  लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा मंगलबार बसेको केन्द्रीय कार्यालय बैठकले अधिकारीको रिहाईको माग गर्दै आन्दोलन थाल्ने निर्णय गरेको हो । बैठकले प्रारम्भिक विरोधका...

‘मर्न बरु गाह्रो हुन्न’का गायक रहेनन

२०७० भदौ २५ गते २:२०

काठमाण्डु २५–‘मर्न बरु गाह्रो हुन्न’,‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’‘यस्तो पनि हुँदो रहेछ,वनै खाय डढेलोले मनै खायो,सान्नानीको गालैमा कोठी रैछ,तिम्रो माया मार्न सकिन’जस्ता कालजयी गीतका गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको ७७ बर्षको उमेरमा गएराती निधन भएको छ ।  फोक्सोको क्यान्सरबाट पीडित राजभण्डारीको गएराती...

ऋषिपञ्चमी पर्व मनाउँदैछन् महिलाहरु

२०७० भदौ २५ गते २:१५

आज भाद्र शुक्ल पञ्चमी, हिन्दू महिलाहरुले ऋषिपञ्चमी पर्व मनाउँदैछन् । आजको दिन व्रतालु महिलाहरु नजिकैका नदी, तलाउ, धारा, पोखरी आदि जलाशयमा गएर वर्षदिनको प्रतीकका रुपमा ३ सय ६० वटा दतिवनले दाँत माझ्ने गर्छन् । माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर...

लोकमान विरुद्धको मुद्दाको सुनुवाइ माघमा

२०७० भदौ २४ गते १७:४१

"सार्वजनिक जवाफदेहिताको पदमा बस्ने व्यक्तिको छानविन गर्नुपर्ने निकायमा बसेका व्यक्तिको नियुक्तिको संबैधानिकताको प्रश्न उठेका बेला पेशी त्यतिपछि सार्नु न्याय दिन इन्कार गर्नु हो" हरिकृष्ण कार्की, अध्यक्ष, नेपाल बार एसोशियशन...

एसएलसी पूरक परीक्षामा ६० प्रतिशत उत्तीर्ण

२०७० भदौ २४ गते १६:४०

काठमाण्डु, २४ भदौ – परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०६९ सालको एसएलसी पूरक परीक्षाको नतिजा सोमबार प्रकाशन गरेको छ । परीक्षामा एक लाख ११ हजार ७ सय २४ परीक्षार्थी सहभागी भएकामा ६७ हजार ५१ अर्थात् ६०.०१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा ३२...

असोज पहिलोसातादेखि टिकट बुकिङ खुल्ने

२०७० भदौ २४ गते १६:१८

काठमाण्डु, २४ भदौ – यातायात व्यवसायीले दसैं र तिहारकालागि असोज पहिलोसातादेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् । दशैं, तिहारकालागि काडमाण्डुबाट बाहिरिने यात्रुहरुलाई सहजरुपले व्यवस्थापन गर्न अग्रिम टिकट बुकिङ खुल्ला गर्न लागिएको हो ।...

तीन भारतीय महिलासहित ९ पक्राउ

२०७० भदौ २४ गते ६:५२

परासी, २४ भदौ – नवलपरासीका विभिन्न स्थानमा चोरीमा संलग्न तीन भारतीय महिलासहित नौं जनालाई प्रहरीले पक्राउ गरेको छ । परासीस्थित हाटबजारमा बजार गर्न आएका तथा मेला हेर्न आएकाहरुका मोवाइल, हाते पर्स चोरी गर्दा उनीहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको नवलपरासी प्रहरीले जनाएको छ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us