काठमाण्डु १९ भदौ–अरुलाई व्यवसायिक पत्रकारिताको पाठ सिकाउनेहरुले फरक फरक राजनीतिक दलबाट संबिधानसभा सदस्यका लागि आफनो नाम सिफारिस गराएका छन । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीले बर्तमान अध्यक्ष राजेन्द्र अर्याल,सल्लाहकार शम्भु श्रेष्ठ, निवर्तमान अध्यक्ष गगन बिष्ट, अग्रज पत्रकारद्धय गोपाल थपलिया र कौशल चेम्जोङलाई...
सल्लेरी, १९ भदौ– नेपाली कांग्रेस सोलुखुम्बुमा उम्मेदवार सिफारिसमा चरम विवाद भएपछि दुई वटा अलग अलग नाम सिफारिस गरि केन्द्रमा पठाइएको छ । केन्द्रीय सदस्य बलबहादुर केसीको नाम सभापति आङगेलु शेर्पा पक्षले सिफारिस नगरेपछि जिल्ला सचिव भोजराज कार्की पक्षले बुधवार अर्को उमेदवारको नामावली केन्द्रमा पठाएको...
काठमाण्डु, १९ भदौ – मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.एई अन्सारी विजयी भएका छन् । डा. चन्दा कार्कीलाई ७९ मतले पछि पार्दै अन्सारी उपाध्यक्ष पदमा विजयी भएका हुन् । काउन्सिलको अध्यक्ष भने सरकारले नियुक्त गर्ने प्रावधान छ ।...
काठमाण्डु, १९ भदौ । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले देशलाई संक्रमणकालबाट मुक्त गर्न स्थायी सरकार हुनुपर्नेमा जोड दिएका छन् । राजनीतिक अस्थीरता र सरकार फेरबदलको श्रृङ्खलाले देश संक्रमणकालबाट मुक्त हुन नसकेको उनको भनाई छ ।...
काठमाण्डु, १९ भदौ – छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही माग गर्दै ४५ दिनदेखि भोक हड्ताल जारी राखेका गोरखा फुजेल गाविस ७ का अधिकारी दम्पत्तिले खाना खान अस्वीकार गरेका छन् । सर्बोच्चको आदेशअनुसार अधिकारी दम्पत्तिलाई खाना खुवाएर अनशन तोडाउने सरकारी प्रयास असफल भएको छ ।...
नेपालगन्ज, १९ भदौ–बाँकेको होलिया गाविसस्थित डुडुवा नालामा बुधबार विहान डुङ्गा दुर्घटना हुँदा एक महिला बेपत्ता भएकी छन् । २१ जनाको सकुशल उद्धार गरिएको छ । जंगलमा घाँस काटेर घर फर्किने क्रममा विहान ११ बजे डुङ्गा अनियन्त्रित भइ पल्टिदा होलिया गाविस ८ की लिलौ खटिककी...
काठमाण्डु १९ भदौ–एकीकृत माओवादीको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले जम्बो केन्द्रीय समिति बनाउन लागेको छ । गणेशमान पुनलाई अध्यक्ष निर्वाचित गर्दै सकिएको एकताको प्रथम अधिवेशनले तीन सय ८९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गराउन लागेको छ । अध्यक्ष बाहेक अन्य पदाधिकारी बुधवारको केन्द्रीय समितिबाट...
काठमाण्डु, १९ भदौ–चुनावी प्रकृयाप्रति असन्तुष्टि जनाउँदै आएको संघीय समाजवादी पार्टी पनि चुनावमा सहभागी हुने भएको छ । संविधानसभा सदस्य संख्या ६ सय १ पुर्याउन प्रमुख दल सैद्धान्तिकरुपमा सहमति भएपछि अशोक राई नेतृत्वको पार्टी चुनावमा सहभागी हुने भएको हो ।...
काठमाण्डु, १९ भदौ – मानव बेचबिखनविरुद्धको दिवसको सन्दर्भमा माइती नेपालले बुभबार काठमाण्डुमा बृहत् मानव साङ्लो प्रदर्शन गरेको छ । प्रत्येक वर्ष भदौ २० गतेका दिन नेपालले मानव बेचबिखनविरुद्धको दिवस मनाउँदै आएको छ । त्यसै सन्दर्भमा माइती नेपालले चक्रपथ क्षेत्रमा मानव साङ्लो निकालेको हो ।...
बर्दिया, १९ भदौ–बर्दियाका गाविस सचिवहरुले सम्पूर्ण कामकाज बन्द गरेका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको आह्वानमा बुधबारदेखि काम बन्द गरेपछि सेवाग्राही मर्कामा परेका छन् । रोल्पा र इलाममा झुटो विवरण पेश गरेर नागरिकता लिएको विषयमा गाविस सचिवहरुविरुद्ध कारबाही प्रकृया अघि बढाइएको विरोधमा संरक्षण...
महोत्तरी, १९ भदौ । पछिल्लो समय महिला बलात्कारका घटना बढेका छन् । पानी पँधेरो जाँदा, दाउरा घाँस गर्दा वा घर भित्रै पनि महिला तथा बालबालिका बलात्कारका शिकार भएका छन् । यस्तै घटना भएको छ महोत्तरीमा । ...
चितवन, १९ भदौ – चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर बुधबार विहान एक वृद्ध बेपत्ता भएका छन् । बिहान ७ बजे नुहाउन नारायणी नदीमा गएका देवघाटस्थित गोर्खाली वृद्धाश्रममा बस्ने ७५ वर्षीय थानेश्वर बञ्जाडे बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । अर्घाखाँची अर्गौली–७ स्थायी घर भएका...