समाचार

गुल्मीमा झाडावान्ताको प्रकोप

२०७० भदौ १६ गते ६:०१

गुल्मी, १६ भदौ–गुल्मीको फोक्सिङ गाविसमा झाडाबान्ताको प्रकोप फैलिएको छ । सबैभन्दा बढी चैयागाउँ प्रभावित भएको छ । गत बुधबारदेखि फैलिएको झाडावान्ताबाट सो गाउँमा २६ जना बिरामी परेका हुन् । डाँडाबारी, केराबारी रइस्मेली टोलका बासिन्दामा झाडावान्ताबाट प्रभावित भएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।...

नदीमा बगेका ३ मध्ये एकजनाको शव भेटियो

२०७० भदौ १६ गते ५:३०

बर्दिया, १६ भदौ– बर्दियाको बबई नदीमा डुबेर शनिबार बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव आइतबार विहान फेला परेको छ । गुलरिया ४ बनकट्टीका २० बर्षीय सुजन रविदासको शव फेला परेको हो । सोही ठाउँका २० बर्षीय लक्ष्मीराज रविदास र २१ बर्षीय रामु रविदासको अवस्था...

मोहन वैद्य विदेशीको चंगुलमा फसे: प्रचण्ड

२०७० भदौ १५ गते १२:१९

काठमाण्डु, १५ भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूबाट अलग भएर मोहन वैद्य नेतृत्वमा गठित नेकपा–माओवादी विदेशी शक्तिको गोटी बनेको आरोप लगाएका छन् । पार्टी सहायक संगठन योङ कम्युनिष्ट लिग वाइसीएलको एकताको प्रथम राष्ट्रिय महाधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै उनले संविधानसभा निर्वाचनको...

फुजेल घटना उचालेर शान्तिप्रक्रिया भाँड्न खोजियो: माओवादी

२०७० भदौ १५ गते १०:५०

काठमाण्डु, १५ भदौ– एकीकृत माओवादीले द्वन्द्वकालीन मुद्धा उचालेर संविधानसभा निर्वाचन बिथोल्ने षड्यन्त्र भइरहेको बताएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता अग्नि सापकोटाले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको घटनालाई नाटकीय ढंगले प्रचारमा ल्याइएको बताए । जनयुद्धकालीन सबै घटनालाई राजनीतिकरण गरी...

निर्वाचन बिथोलेरै छाड्ने चेतावनी

२०७० भदौ १५ गते ८:३७

नवलपरासी, १५ भदौ – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका नेता खड्गबहादुर विकले आफूहरुको अनुपस्थितिमा हुन लागेको संविधानसभा निर्वाचन बिथोलेरै छाड्ने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार महासघले शनिबार कावासोतीमा गरेको पत्रकार भेटघाटमा नेता विकाले आफूहरुलाई पाखा लगाएर गरिने निर्वाचनले मुलुकलाई निकास नदिने बताए । चार...

जेलमै बसेर श्रीमतिलाई चुनाव लडाउने खुमबहादुरको दाउ

२०७० भदौ १५ गते ८:१२

काठमाण्डु, १५ भदौ । संविधानसभा निर्वाचन नजिकिँदै जाँदा काँग्रेसभित्रका गुटहरु सक्रिय बन्न थालेका छन् । त्यति मात्र होइन, गुटका नेताहरुले आगामी चुनावका लागि पार्टीका उम्मेद्वार समेत आफैं छान्न थालेका छन् । काँग्रेस स्रोतका अनुसार डिल्लीबजार चारखाल जेलमा भ्रष्टाचारको मुद्धामा खेपिरहेका नेता खुमबहादुर खड्काले संविधानसभा...

चार दलका नेताले यादव र रेग्मीलाई भने: वैद्य निर्वाचनमा आउँदैनन्

२०७० भदौ १५ गते ७:४०

काठमाण्डु, १५ भदौ– उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्रमुख चार दलका नेताले राष्ट्रपति रामवरण यादव र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमक्ष मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचनमा सहभागी नहुने ब्रिफिङ गरेका छन् । राष्ट्रपति यादव र अध्यक्ष रेग्मीलाई शनिबार छुट्टाछुट्टै भेट गरी वैद्यको भित्रि मनसाय निर्वाचनमा आउनु...

वाइसीएल अध्यक्षमा फेरि गणेशमान पक्का

२०७० भदौ १५ गते ७:३५

काठमाण्डु, १५ भदौ –एकीकृत माओवादी सहायक संगठन वाइसीएलको अध्यक्ष पुन: गणेशमान पुन: हुने भएका छन् । स्रोतका अनुसार काठमाडौँमा शनिबारबाट सुरु एकताको प्रथम अधिवेशनबाट पुनकै नेतृत्वलाई निरन्तरता दिनेबारे शीर्षतहमा सहमति भइसकेको छ । आसन्न संविधानसभा निर्वाचनमा वाइसीएलको प्रभावकारी परिचालन गर्ने माओवादीले यसअघि नै बताइसकेको...

बबई नदीमा डुबेर तीन जना बेपत्ता

२०७० भदौ १५ गते ६:५०

बर्दिया, १५ भदौ– बर्दिया गुलरियाका तीन युवा बबई नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुलरिया नगरपालिका–४ का निमकठियाका २५ वर्षीय डमडम चमार, १८ वर्षीय श्यामु चमार र १८ वर्षकै सुरज चमार रहेको प्रहरीले जनाएको छ । कृष्णअष्टमीका दिन बनाइएको कृष्ण मुर्ति सेलाउन...

नेपालमा शक्तिशाली भूकम्पको धक्का

२०७० भदौ १४ गते १८:१०

काठमाण्डु, १४ भदौ  । नेपालमा शुक्रबार राति शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ३२ मिनेटमा काठमाडौँसहित मुलुकका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । चीनसँग सीमा जोडिएको दोलखाको  जिरीभन्दा ७५ किलोमिटर उत्तरमा पर्ने कोदारीलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको...

सैनिक अधिकृत बनेका पूर्वलडाकु : कहाँ तोकियो कार्यक्षेत्र ?

२०७० भदौ १४ गते १४:५६

काठमाण्डु, १४ भदौ– १० बर्षसम्म सशस्त्र युद्ध लडेर नेपाली सेनामा समायोजन भएका पूर्वमाओवादी लडाकुहरुको कार्यक्षेत्र तोकिएको छ । आफ्नो जिम्मेवारी र क्षेत्राधिकारबारे अझै ३ महिनाको तालिम लिन बाँकी नै रहे पनि उनीहरु सबैको कार्यक्षेत्र भने नेपाली सेनाले तोकिसकेको छ । कस्लाई कहाँ–कहाँ पठाइदै छ...

उच्चस्तरिय समितिले राष्ट्रपति र सरकारसँग छलफल गर्ने

२०७० भदौ १४ गते १४:५१

काठमाडौं १४, भाद्र । उच्चस्तरिय राजनीतिक समितिकोले असन्तुष्ट दलहरुका मागबारे भोली राष्ट्रपति र सरकारसँग छलफल गर्ने भएको छ । आज बसेको समितिको बैठकले भोली विहान ८ बजे मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीसँग र ९ बजे राष्ट्रपति रामवरण यादवसँग छलफल गर्ने निर्णय गरेको हो । नेकपा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us