समाचार

शिक्षक सेवा आयोगको नतिजा आउन ढिलाइ हुने

२०७० भदौ १३ गते ०:३३

काठमाण्डु, १३ भदौ– विद्यालय तहमा स्थायी शिक्षक छनौटका लागि  शिक्षक सेवा आयोगले गत जेठ ९ गते देखि ११ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सावर्जनिक गर्न ढिलाइ हुने भएको छ । दोस्रो संविधानसभा निर्वाचनका कारण आयोगले मंसिर ४ पछि मात्र नतिजा सार्वजनिक गर्ने भएको हो...

भित्र मिल्नुपर्छ, बाहिर जितिन्छः माओवादी

२०७० भदौ १२ गते १४:३१

काठमाण्डु, १२ भदौ– एकीकृत नेकपा माओवादीको मंगलबारदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा सदस्यहरुले पार्टीको आन्तरिक अवस्था सुदृढ गर्न सुझाव दिएका छन् । पार्टीको एक महिने जनसम्बन्ध सुदृढीकरण अभियानको नेतृत्व गरेर फर्किएका उनीहरुले आन्तरिक र व्यस्थापन मजबुत भए आसन्न संविधानसभा निर्वाचनमा पार्टीको जित निश्चित भएको...

२ सय ४० मध्ये १ सय ६ एमालेले जित्ने दाबी

२०७० भदौ १२ गते १२:१२

मोरङ,  १२ भदौ– एमाले नेता प्रदीप ज्ञवालीले आसन्न संविधानसभा निर्वाचनमा १ सय ६ क्षेत्रमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । पार्टीको मोरङ जिल्ला कमिटीले बुधबार विराटनगरमा गरेको पत्रकार भेटघाटमा प्रत्यक्षतर्फ २ सय ४० मध्ये १ सय ६ निर्वाचन क्षेत्रमा आफूहरुले जित्ने दाबी गरेका...

उम्मेदवारी दर्ता गर्ने दिन हडताल घोषणा

२०७० भदौ १२ गते १२:०२

काठमाडौँ, १२ भदौ– उच्चस्तरीय राजनीतिक समिति र सरकार आफ्नो एजेण्डामा गोलमेच सम्मेललनका लागि तयार नभएपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध मोर्चाले राष्ट्रपति रामवरण यादवलाई गुहार्ने भएको छ । नेकपा–माओवादीको बुद्धनगरस्थित केन्द्रीय कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी मोर्चाले समस्या समाधानका लागि राष्ट्रपतिले अग्रसरता लिनुपर्ने बताएको...

कुखुरा मार्दा गल्ती भो : सरकार

२०७० भदौ १२ गते ११:०८

काठमाण्डु, १२ भदौ–बर्डफ्लुको आक्रान्त पारेपछि सरकारले काठमाडौं उपत्यकामा धमाधम कुखुरा मार्ने अभियान शुरु गर्यो । सबैभन्दा बढी कुखुरा भक्तपुरमा मारियो । व्यवसायिका फर्मका कुखुरा सबै सिद्धिएपछि अब घरमा पालिएका कुखुरा मार्ने क्रम बिहीबारबाट शुरु हुँदै छ । लाखौं लगानी गरेका कुखुरा व्यवसायी सरकारको अभियान...

कर्मचारी समात्ने अख्तियारले भन्यो, ‘अरु कर्मचारी व्यवस्था गर’

२०७० भदौ १२ गते १०:२७

काठमाण्डु, १२ भदौ – भ्रष्टाचार अभियोगमा धमाधम कर्मचारीहरु पक्राउ परेपछि बिभिन्न सरकारी कार्यालयमा कर्मचारी अभाव भएको छ । वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी अभाव भएका हुन् । कर्मचारी अभावले नियमित काम प्रभावित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान विभागले तुरुन्त कर्मचारी...

सबै नेपालीको आस्थाको केन्द्र एमाओवादी : प्रचण्ड

२०७० भदौ १२ गते ९:२६

काठमाण्डु, १२ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै नेपाली जनताको चाहना पूरा गर्न आफ्नो पार्टीमात्र सक्षम रहेको दावी गरेका छन् । जनताको आस्थाको केन्द्र एकीकृत माओवादी नै भएको उनको धारणा छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन...

अधिकारी दम्पती आइसीयुमा

२०७० भदौ १२ गते ९:१२

काठमाडौँ, १२ भदौ– सशस्त्र द्वन्द्वको क्रममा विद्रोही पक्षबाट मारिएका आफ्ना छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसनमा बस्दै आएका गोरखा फुजेलका गंगामाया अधिकारी र नन्दप्रसाद अधिकारीको स्वास्थ्यस्थिति नाजुक भएपछि आइसीयुमा राखिएको छ । विगत २८ दिनदेखि वीर अस्पतालमा अनशन बस्दै आएका अधिकारी दम्पतीको स्वास्थ्यस्थिति...

काँग्रेस गोरखामा ६४ जना उम्मेदवार !

२०७० भदौ १२ गते ६:४८

गोरखा, १२ भदौ– गोरखा जिल्लाबाट ६४ जना काँग्रेस नेताहरुले आगामी निर्बाचनमा उम्मेदवार हुन इच्छा देखाएका छन् । गोरखामा तीन निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र समानुपातिक गरी ६४ जनाले उम्मेदवार हुनका लागि इच्छा देखाएको काँग्रेस गोर्खाले जनाएको छ । गोरखा क्षेत्र नम्बर १ मा...

चाडपर्वको मुखमा दार्चुलामा खाद्यान्न संकट

२०७० भदौ १२ गते ६:४५

दार्चुला, १२ भदौ– दार्चुला जिल्लाको खलङ्गा र आसपासका २४ गाविसमा खाद्यान्न संकट भएको छ । असार पहिलो साता र साउन अन्तिम साताको बाढी पहिरोले सडक भत्काएपछि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव चर्किएको हो । गत असार २७ गतेदेखि जिल्लामा ढुवानी रोकिएकोले खाद्यान्न संकट भएको...

सहमतिको प्रयास जारी राख्ने उच्चस्तरीय समितिको निर्णय

२०७० भदौ १२ गते ४:१२

काठमाण्डु, १२ भदौ– उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसहितका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन कोशिस जारी राख्ने भएको छ । बुधबार विहान बसेको समिति बैठकले सहमतिका लागि अन्तिम समयसम्म  प्रयास जारी राख्ने निर्णय गरेको हो । समिति संयोजक तथा काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको...

गाडीको ठक्करबाट एकजनाको मृत्यु

२०७० भदौ १२ गते ४:१०

सिराहा, १२ भदौ– सिराहाको हसनपुरमा गाडिको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us