गोरखा, १२ भदौ– गोरखा जिल्लाबाट ६४ जना काँग्रेस नेताहरुले आगामी निर्बाचनमा उम्मेदवार हुन इच्छा देखाएका छन् । गोरखामा तीन निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र समानुपातिक गरी ६४ जनाले उम्मेदवार हुनका लागि इच्छा देखाएको काँग्रेस गोर्खाले जनाएको छ । गोरखा क्षेत्र नम्बर १ मा...
दार्चुला, १२ भदौ– दार्चुला जिल्लाको खलङ्गा र आसपासका २४ गाविसमा खाद्यान्न संकट भएको छ । असार पहिलो साता र साउन अन्तिम साताको बाढी पहिरोले सडक भत्काएपछि खाद्यान्न ढुवानी हुन नसक्दा अभाव चर्किएको हो । गत असार २७ गतेदेखि जिल्लामा ढुवानी रोकिएकोले खाद्यान्न संकट भएको...
काठमाण्डु, १२ भदौ– उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसहितका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन कोशिस जारी राख्ने भएको छ । बुधबार विहान बसेको समिति बैठकले सहमतिका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो । समिति संयोजक तथा काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको...
सिराहा, १२ भदौ– सिराहाको हसनपुरमा गाडिको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।...
काठमाण्डु, १२ भदौ– हिन्दू धर्मावलम्वीले कृष्ण जन्माष्टमी पर्व बुधबार भगवान कृष्णको पूजाआजा गरी मनाउदै छन् । पाटनको मङ्गलबजार लगायतका देशभरका कृष्ण मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लागेको छ । राष्ट्रपति रामवरण यादवले पनि बुधबार विहान पाटन कृष्ण मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेका छन्...
ईलाम, १२ भदौ–छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै विगत २६ दिनदेखि दार्जिलिङ बन्द भएपछि सीमा क्षेत्र इलामका नेपाली नागरिकलाई खाद्यान्नको समस्या भएको छ । भारतीय बजारमा निर्भर सीमा क्षेत्रका बासिन्दा सीमापारिबाट खाद्यान्न आउन छाडेपछि समस्यामा परेका छन् । सीमा क्षेत्रका गाविस जोगमाई, गोर्खे, पशुपतिनगर, जमुना,...
काठमाण्डु ११ भदौ–चार वटै सुरक्षा निकाय परिचालन गरेर भएपनि संबिधानसभाको दोस्रो निर्वाचन मंसिर ४ मा गराउने दृढता व्यक्त गर्दै आएको सरकारले सुरक्षा चुनौतीका वारेमा गम्भीर समीक्षा गरेको छ । चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा मंगलवार भएको छलफलमा त्यस्तो सुरक्षा चुनौतीको समीक्षा...
काठमाण्डु, ११ भदौ– एकीकृत नेकपा माओवादीले आसन्न संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो, काँग्रेस दोस्रो, एमाले तेस्रो र क्षेत्रीय शक्तिका रुपमा रहेको मधेसी मोर्चा चौथो हुने दाबी गरेको छ । एक महिने जनसम्बन्ध अभियानको समीक्षा र चुनावी रणनीति तय गर्न मंगलबारबाट सुरु केन्द्रीय समिति बैठकमा...
काठमाण्डु, ११ भदौ – उच्चस्तरीय राजनीतिक समिति र निर्वाचन प्रक्रियामा असहमत अशोक राई नेतृत्वको मोर्चाबीच मंगलबार हुने भनिएको निर्णायक वार्ता औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको छ । समिति सदस्यहरु एमाले अध्यक्ष झलनाथ खनाल, फोरम फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र फोरम लोकतान्त्रिक अध्यक्ष विजय...
चितवन, ११ भदौ– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले एक करोड २५ लाख जनताले निर्वाचन चाहेकाले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको संवैधानिक र कानुनी अधिकार सुनिश्चितताका लागिसमेत निर्वाचन अपरिहार्य रहेको बताए । उनले विपक्षमा रहेका...
काठमाण्डु, ११ भदौ–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अझै तीन दशकभन्दा बढी एकीकृत नेकपा माओवादी नै ठूलो पार्टी हुने भविष्यवाणी गरेका छन् । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको १८ औं स्मृति दिवसको अवसरमा मंगलबार काठमाण्डुमा भएको कार्यक्रममा उनले यस्तो भविष्यवाणी गरेका हुन् ।...
काठमाण्डु, ११ भदौ – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको वातावरण विग्रिएको टिप्पणी गरेका छन् । निर्वाचनमै सहभागी हुने दलले चुनाव हुन नदिन षडयन्त्र गरिरहेको उनको दावी छ । ‘तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने भए पनि अझै चुनावी वातावरण...