समाचार

मन्त्रिपरिषद अध्यक्ष न्यूयोर्क, मुख्यसचिव तिब्बत जाँदै

२०७० भदौ १० गते १६:४६

काठमाण्डु १० भदौ–संबिधानसभा निर्वाचन नजिकिदै गर्दा चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र मुख्य सचिव लिलामणि पौडयाल बिदेश भ्रमण गर्दैछन । संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रिपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आगामी असोज ५ देखि १४ गतेसम्म न्यूयोर्क जान लागेको हो ।...

सेना समायोजन सकिएकामा राष्ट्रसंघ खुसी

२०७० भदौ १० गते १३:५१

काठमाण्डु, १० भदौ– संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको महत्वपूर्ण पाटोका रुपमा रहेको पूर्वमाओवादी लडाकुको समायोजन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा सराहना व्यक्त गरेको छ । समायोजनको काम विधिवत रुपमा अन्त्य गर्नमा भूमिका खेलेकामा राष्ट्र संघले नेपाल सरकार, राजनीतिक नेतृत्व, सेना तथा आमजनतालाई बधाई तथा शुभकामना ज्ञापन...

मधेसवादीले मधेसको नेतृत्व गर्न सक्दैनन् : प्रचण्ड

२०७० भदौ १० गते ११:५८

काठमाण्डु, १० भदौ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेस केन्द्रित दलले मधेसी जनताको नेतृत्व गर्न नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार भएको पार्टी प्रवेश कार्यक्रममा उनले मधेसी दलले समग्र देश र मधेसी जनताको मुक्ति गर्न नसक्ने ठोकुवा गरे ।...

भारतीय राजदूत कार्यकाल सकाएर स्वदेश फिर्ता

२०७० भदौ १० गते १०:४७

काठमाण्डु, १० भदौ– नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी सोमबार स्वेदश फर्केका छन् । उनलाई कार्यबाहक राजदूत जयाविद मजुमदार लगायत दूतावासका अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे । आइतबारै स्वदेश फर्कने कार्यक्रम रहे पनि प्राविधिक कारण देखाउँदै उनी सोमबार दिल्ली...

बाबुरामका सल्लाहकार काँग्रेसमा

२०७० भदौ १० गते १०:४५

काठमाण्डु, १० भदौ– पूर्वअर्थसचिव रामेश्वर खनाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । सानेपास्थित कार्यालयमा सोमबार आयोजित कार्यक्रममा सभापति सुशील कोइरालाले खनाललाई पार्टी प्रवेश गराए । कोइरालाले खनाललाई साधारण सदस्यता प्रदान गरी पार्टी प्रवेशको औपचारिक घोषणा गरे । खनालले आफू जीवनभर पार्टी काममा खटिने बताए...

पहिरोले रुकुमका तीन घरपरिवार विस्थापित

२०७० भदौ १० गते १०:४५

रुकुम, १० भदौ– पहिरोको जोखिम बढेपछि रुकुमको घेत्मा गाविसका तीन घर परिवार विस्थापित भएका छन् । निरन्तर परेको वर्षापछि खसेको पहिराले घर भत्किँदा वडा नम्बर २ का भीमदल मल्ल, हिमा मल्ल र भरतकुमार मल्लका परिवार विस्थापित बनेका हुन् । विस्थापित आफन्तकामा शरण लिएर बसिरहेका...

तनहुँमा एमाओवादीका को–को उम्मेदवार ?

२०७० भदौ १० गते १०:४४

तनहुँ, १० भदौ– आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि एकीकृत नेकपा माओवादी तनहुँले जिल्लाका प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ । जिल्ला कमिटीको हालै बसेको बैठकले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ १५ र समानुपातिकतर्फ १५ जनाको नाम...

‘देश विकास गर्न जलविद्युतको विकास अनिवार्य’

२०७० भदौ १० गते ८:३२

काठमाण्डु, १० भदौ– राष्ट्रपति रामवरण यादवले नेपालको आर्थिक विकासकालागि जलविद्युतको विकासमा जोड दिनुपर्ने बताएका छन् । विश्वमै जलविद्युतको धनी देश भए पनि नेपाल परिचित नभएको भन्दै उनले जलविद्युतको धनी देशको रुपमा परिचित गराउन अब पहल गर्नुपर्नेमा जोड दिए । काठमाण्डुमा सोमबारबाट शुरु दुईदिने उर्जा...

बखानसिंह तमु राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष

२०७० भदौ १० गते ७:४५

पोखरा, १० भदौ । तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा बखानसिंह तमु चयन भएका छन् । कास्कीको पोखरामा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनले बखानसिंहको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका तीन उपाध्यक्षमा लालबहादुर तमु, शोमती तमु र जितबहादुर तमु रहेका छन्...

ट्रेड युनियन काँग्रेसमा कोइराला र देउवा पक्षको भिडन्त

२०७० भदौ १० गते ७:४०

चितवन, १० भदौ–नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको नयाँ नेतृत्वकोलागि सभापति सुशील कोइराला र बरिष्ठ नेता शेर बहादुर देउवापक्षबीच प्रतिस्पर्धा हुने भएको छ । चितवनमा जारी महाधिवेशनमा कोइरालापक्षका पुष्कर आचार्य र देउवा पक्षका खिलानाथ दाहालले नेतृत्वमा दावी गरेका हुन् । उनीहरु आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा...

नेपालको सेना समायोजन विश्वमै उदाहरणीय : रेग्मी

२०७० भदौ १० गते ६:२७

काठमाण्डु, १० भदौ– चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले नेपालको सेना समायोजन प्रकृया विश्वकै लागि उदाहरणीय भएको बताएका छन् । ९ महिने तालिम पूरा गरेका ७० जना माओवादी पूर्वलडाकुहरुलाई सोमबार दर्ज्यानी चिन्ह वितरण समारोहलाई सम्बोधन गर्दै रेग्मीले यस्तो धारणा राखेका हुन् । ‘नेपालको सेना समायोजन प्रकृया...

ललितपुरमा दुई हजार टेलिफोन अवरुद्ध

२०७० भदौ १० गते ५:४०

ललितपुर, १० भदौ–  ठेकेदारहरुको लापरबाहीका कारण ललितपुर जिल्लाका करिब दुई हजार टेलिफोन लाईन काटिएका छन् । सडक विस्तारको काममा जुटेका निर्माण कम्पनीहरूले नेपाल टेलिकमसँग समन्वय नै नगरी काम गर्दा ल्याण्डलाइन टेलिफोन अवरुद्ध भएका हुन् । ‘सडक विस्तारको काममा जथाभावि खन्दा झण्डै दुई हजार टेलीफोन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us