समाचार

गोलमेच सम्मेलनको सहमति भंग

२०७० भदौ ६ गते २:२६

काठमाण्डु, ८ भदौ– उच्चस्तरिय राजनीतिक समिति र नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाबीच गोलमेच सम्मेलन गर्न दुई दिन अघि भएको सहमति भंग भएको छ । विगतको सहमति भंग हुनुको दोष दुवैपक्षले एकअर्कालाई लगाएका छन् ।...

विदामा अख्तियार प्रमुख कार्यालयमा

२०७० भदौ ५ गते १३:३४

काठमाण्डु ५ भदौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की बुधवार जनैपूर्णिमाको विदामा दिनभर कार्यालयमा काम गरेका छन । बार्षिक प्रतिवेदन राष्ट्रपति डा रामवरण यादवलाई बुझाउने समय नजिकिएकोले प्रमुख आयुक्त सहित आयोगका अधिकारी विदाको दिनमा दिनभर कार्यालयमा काम गरेका हुन । अख्तियारले मंगलवार नेपाल...

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण गर्ने चाहना

२०७० भदौ ५ गते १३:३३

काठमाण्डु ५ भदौ–पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन । दुई पटक नेपाल भ्रमण गरीसकेका प्रधानमन्त्री सरिफले अर्थमन्त्री शंकरप्रसाद कोइराला सहितको प्रतिनिधिमण्डल संगको इश्लामावादमा बुधवार भएको भेटमा त्यस्तो चाहना व्यक्त गरेका हुन । प्रधानमन्त्री सरिफले उच्च स्तरका भ्रमणले दुई पक्षीय...

४ मंसिरमा चुनाव नभए दुर्घटनाः कोइराला

२०७० भदौ ५ गते १२:५७

काठमाण्डु, ५ भदौ– काँग्रेस सभापति सुशील कोइरालाले मंसिर ४ मा संविधानसभा निर्वाचन नभए मुलुकमा दुर्घटना निम्तिने बताएका छन् । महाराजगञ्जस्थित आफ्नै निवासमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले कसैले सर्त राख्दैमा निर्वाचन नसर्ने बताए । ‘कार्यतालिका सहित सबै कुरा तय भइसकेपछि मिति सार्न कठिन मात्रै...

भत्किएको माधव–ओली गठबन्धन

२०७० भदौ ५ गते २:४३

काठमाण्डु  ५ भदौ -नेकपा एमालेमा बरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी शर्मा ओली वीचको गठबन्धन भत्किएको छ । अध्यक्ष झलनाथ खनालसँगको गठबन्धनलाई माधवले कसिलो बनाउदै लगेका छन । पार्टी भित्रको शक्तिसन्तुलन बिश्लेषण गरी आगामी नवौ महाधिवेशनबाट आफू पार्टीको कार्यकारी अध्यक्ष बन्नका लागि माधवले...

आज जनै पूर्णिमा अर्थात ऋषितर्पणी पर्व मनाइँदै

२०७० भदौ ५ गते १:११

काठमाण्डु, ५ भदौ ।  हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात ऋषितर्पणी आज नयाँ जनै धारण गर्नुका साथै रक्षा–बन्धन गरी धुमधामसँग मनाइँदैछ । तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हिन्दू धर्मशास्त्रअनुसार...

निर्वाचन सार्ने प्रपञ्चमा उच्चस्तरिय समिति

२०७० भदौ ४ गते १६:५८

काठमाण्डु ४ भदौ–नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले नेतृत्व सम्हालेको चार दिनपछि पहिलो पटक मंगलवार बसेको उच्चस्तरिय राजनीतिक समितिको बैठकले मंसिर ४ का लागि घोषित संबिधानसभाको दोस्रो निर्वाचनलाई पछाडि धकेल्न खोजेको छ । एकीकृत माओवादीका अध्यक्ष प्रचण्डपछि भदौ १ गतेदेखि समितिको जिम्मेवारी कोइरालामा सरेको छ...

प्रचण्डले भने: झलनाथले रुख चढाएर फेदमा बञ्चरो हाने

२०७० भदौ ४ गते १६:२२

जनकपुर, ४ भदौ -एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानसेनापति प्रकरणमा एमाले अध्यक्ष झलनाथ खनालले आफूलाई रुखमा चढाएर तलबाट बञ्चरो हान्ने काम गरेको आरोप लगाएका छन् । एबीसी टेलिभिजनले मगलबार जनकपुरमा गरेको अन्तरक्रियामा उनले एमाले र खास गरी अध्यक्ष खनाल धोकेबाज भएको बताए...

‘बूढा पार्टीका बूढा नेता’को भ्रममा नपर: ठाकुर

२०७० भदौ ४ गते १५:३४

नेपालगञ्ज, ४ भदौ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले ‘बूढा पार्टीका बूढा नेता’को विश्वासमा नपर्न मधेसी जनतालाई आग्रह गरेका छन् । नेपालगञ्जमा मंगलबार भएको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले पूराना पार्टीका पूरानै नेताले निर्वाचनका बेला गुलियो कुरा गरेर फेरि जनता झुक्याउन सक्ने बताए । तर ती...

भएन सहमति सरकार–मोर्चा वार्तामा

२०७० भदौ ४ गते ८:०५

र ४ निर्वाचन सरकारी वटमलाइन  गोलमेचबाट निकास मोर्चाको अडान काठमाण्डु  ४ भदौ – सर्वपक्षीय गोलमेच सभा मार्फत सहमति खोज्नु पर्ने नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चाको अडानका कारण मंसिर ४ गतेका लागि घोषित संबिधानसभाको दोस्रो निर्वाचनलाई सहमतिको बिन्दु बनाउने सरकारी प्रयास सफल भएन । सरकार र...

‘हुदैन सरकार र चुनावको मिति परिवर्तन’

२०७० भदौ ३ गते १७:२४

काठमाण्डु  ४ भदौ–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकार परिवर्तन र मंसिर ४ गतेका लागि घोषित संविधानसभाको निर्वाचनको मिति सार्ने विषयमा अब कसैसँग पनि वार्ता हुन नसक्ने स्पष्ट पारेका छन् । असन्तुष्ट दलहरुलाई पनि सहमतिमा ल्याएर निर्वाचन सुनिश्चित गर्न ध्यान आर्कषण गराउँदा अध्यक्ष खनालले पत्रकारसँग भने‘सरकार...

मुख्य सचिवलाई अख्तियारको पत्र

२०७० भदौ ३ गते १५:३५

काठमाण्डु ३ भदौ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर छुट दिने प्रक्रियामा चासो देखाउँदै मुख्य सचिव लिलामणि पौडेललाई पत्र पठाएको छ । राजस्वमा बिशेष चासो देखाउँदै आएका अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मुख्य सचिव पौडेलले कर छुटमा अनियमितता देखिएको भन्दै पत्र पठाएका हुन । अख्तियारबाट प्राप्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us