काठमाण्डू, ३१ साउन । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठका आफन्त र समर्थकले सरकारले पूर्वप्रधानमन्त्रीको अपमान गरेको भन्दै आर्यघाटमै नाराबाजी गरेका छन् । सरकारले पूर्वप्रधानमन्त्रीलाई दाहसंस्कार गर्दा पाउनुपर्ने सम्मान नदिएको भन्दै उनीहरुले प्रहरीको सलामीसमेत अस्वीकार गरेका छन् । यसअघि बिहीबार बसेको मन्त्रिरषद् बैठकले प्रहरी निरीक्षक नेतृत्वको टोलीले...
भक्तपुर, ३१ साउन । भक्तपुरलाई बर्डफ्लु संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारले आजदेखि संक्रमित क्षेत्रमा कुखुरा मार्ने काम सुरु गरेको छ । बर्डफ्लु संक्रमण मानिसमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कुखुरा र कुखुराजन्य पदार्थ नष्ट गर्ने काम थालिएको पशु सेवा विभागले जनाएको छ । विभागका...
काठमाण्डु ३१ : नयाँ दिल्लीबाट स्वदेश फर्काइएको ४८ घण्टा भित्रै पूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको बिहिवार बिहान ३ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । जीवनका अन्तिम क्षण आफनै माटोमा बिताउने श्रेष्ठको चाहना पूरा गर्न परिवारका सदस्यहरुले मंगलवार राती एयर एम्बुलेन्सबाट काठमाण्डु ल्याएका थिए ।...
काठमाण्डु ३१ साउन । भातृसंगठन युवा संघको विवादमा नेकपा एमालेका नेताहरु पनि बिभाजित भएका छन।अध्यक्ष महेश बस्नेत पक्षले मोरङको सुन्दरपुरस्थित गोठगाउँ र उपाध्यक्ष झपटबहादुर रावल पक्षले काठमाण्डुमा बिहिवार आयोजना गरेका प्रशिक्षण र भेलामा एमाले नेताहरु बिभाजित भइ सहभागी हुन लागेका हुन । अध्यक्ष झलनाथ...
काठमाण्डु ३० साउन : नेपाली काँग्रेसका सभापति सुशील कोइराला पूर्वसमझदारीबाट पछि हटेका कारण उपेन्द्र यादव नेतृत्वको मोर्चासँगको वार्ता विनानिष्कर्षमा टुंगिएको छ । यादव नेतृत्वको मोर्चासँग बुधवार नै सहमति गर्ने तयारीका साथ शुरु भएको वार्ता कोइरालाले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको प्रतिशत बढाउन नमानेपछि विना निष्कर्ष टुंगिएको हो...
सुनसरी, ३० साउन । एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले काँग्रेस–एमालेले संघीया भन्ने विषय बुझ्न नसक्दा मुलुक संकटमा फसेको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार संघ सुनसरीले बुधबार गरेको पत्रकार भेटघाटमा भट्टराईले काँग्रेस–एमालेले संघीयताको मर्म नबुझेका कारण मुलुक दलदलमा फसेको बताए । काँग्रेस–एमालेले पहिचानसहितको संघीयता...
काठमाण्डु ३० साउन । अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संबिधानसभा निर्वाचनको महाअभियानलाई सफल पार्न बिशेष आग्रह गरेका छन । आगामी मंसिर ४ गतेका लागि तय भएको संबिधानसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आम समुदायको प्रभावकारी भूमिकाको अपेक्षा गर्दै रेग्मीले त्यस्तो आग्रह गरेका हुन । विश्वविद्यालय...
काठमाण्डु ३० साउन:निर्वाचन प्रक्रिया प्रति असन्तुष्ट रहेका राजनीतिक दल निर्णायक क्षणमा पुगेका छन । उच्चस्तरिय राजनीतिक समिति र सरकारले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरी असन्तुष्टका माग सम्बोधन गर्ने धारणासहित असन्तुष्ट दललाई कस्दै लैजान थालेपछि उनीहरु निर्णायक क्षणमा आइपुगेका हुन । सरकार र...
काठमाडौँ, २९ साउन । राष्ट्रपति रामवरण यादवले निर्वाचन प्रक्रियामा असमहत दललाई विश्वासमा लिएर तोकिएकै समयमा निर्वाचन गराउन उच्चस्तरीय राजनीतिक समितिको ध्यानार्कषण गराएका छन् । उच्चस्तरीय समिति संयोजक एव्म एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार बिहान शीतलनिवास बोलाएर राष्ट्रपतिले असन्तुष्ट दललाई सहमतिमा ल्याएर मंसिर...
काठमाण्डु २९ साउन:नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालमा अध्यक्ष महेश बस्नेत र उनको समूहले करोडौ रकम भ्रष्टाचार गरेको रहस्योदघाटन भएको छ । युवा संघका उपाध्यक्ष झपटबहादुर रावलले मंगलवार काठमाण्डुमा पत्रकार सम्मेलन गरी सो बिषयको रहस्योदघाटन गरेका हुन । एमाले नेता केपी ओली पक्षका बस्नेत...
काठमाण्डु, २९ साउन । उच्चस्तरीय राजनीतिक समितिमा रहेका मुख्य चार दल उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाका ६ मध्ये चारवटा मागमा सहमत भएका छन् । समिति र यादवको मोर्चाबीच बुधबार भएको वार्तामा मुख्य दल मोर्चाले अघि सारेका खिलराज रेग्मीको प्रधानन्यायाधीशबाट राजीनामा र जनसंख्याका आधारमा...
काठमाण्डु, २९ साउन । एकीकृत माओवादीले गोरखा फुजलेका कृष्णप्रसाद अधिकारीको हत्याको विषय उठाएर अदृश्य शक्तिले शान्तिप्रक्रिया भाँड्न खोजेको आरोप लगाएको छ । माओवादीले द्वन्द्वकालीन घटनाबारे केही व्यक्ति र संघ संस्थाले गलत प्रचारबाजी गर्ने गरेको भन्दै गोरखा घटनालाई नाटकीय ढंगले उचालेर समग्र शान्तिप्रक्रियाको जग नै भत्काउन...