काठमाडौँ, २० साउन । राष्ट्रपति रामवरण यादवले मंसिर ४ गतेको संविधानसभा चुनावको तयारीबारे दलहरुसँग जिज्ञासा राख्नुभएको छ । राष्ट्रपति यादवलाई भेट्न आइतबार शीतलनिवास पुगेका एमाले शीर्ष नेतासँग उहाँले निर्वाचन तयारीबारे चासो राख्नुभएको हो । एमाले उपाध्यक्ष बामदेब गौतम र महासचिब ईश्वर पोखरेलसँको भेटमा राष्ट्रपति...
काठमाडौँ, २१ साउन । सरकारले निर्बाचन क्षेत्र निर्धारण आयोगको म्याद ७ दिन थप गरेको छ । काम पूरा नगरी आयोगको म्याद शनिबार सकिएपछि पुनः म्याद थप गरेको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । आयोगका प्रवक्ता टेकप्रसाद ढुंगानाले आफूहरुले १०...
काठमाडौँ, २१ साउन । कांग्रेसका सभापति सुशील कोइराला साताव्यापी भ्रमणका सिलसिलामा आइतबार नयाँ दिल्ली पुग्नुभएको छ । भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ त्यसतर्फ जानु भएको हो । एयर इन्डियाको विमानबाट सभापति कोइराला सहित महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला नयाँदिल्ली प्रस्थान गरेको नेपाली कांग्रेसले...
काठमाडौं, २० साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई वार्ताका लागि तेस्रोपटक पत्राचार गरेको छ । समितिका संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मोर्चालाई आइतबार पत्र पठाउनु भएको हो । नेकपा–माओवादीको कार्यालय वुद्धनगरमा पत्र बुझाइएको प्रचण्डका सहयोगी शिव खक’रेलले जानकारी दिनुभयो...
सर्लाही, २० साउन । सर्लाहीमा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । आक्रमणमा अर्का एक गम्भीर घाइते भएका छन् । जंगलबाट बस्ती पसेको हात्तीले खेतमा पानी लगाउन गएका हरिपुर गाविस १ जुटपानीका ३० वर्षीय उपेन्द्र महतो र घरमा सुतेकी अढाई वर्षकी...
काठमाडौं, २० साउन । आसन्न संविधानसभा चुनाव तयारीबारे सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच आइतबार छलफल भएको छ । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोग पदाधिकारीले चुनाव तयारी सम्बन्धमा हालसम्म भए गरेका कामबारे जानकारी गराएका थिए । अध्यक्ष रेग्मीसँगको भेटपछि निर्वाचन...
काठमाण्डु, ६ फागुन– एकीकृत माओवादी उपाध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालका बारेमा जथाभावी नबोल्न भारतीय जनता पार्टीकी नेतृलाई चेतावनी दिएका छन् । नेपाल भ्रमणमा रहेकी भाजपा उपाध्यक्ष रेणुदेवीले ‘जातीय संघीयतामा गए नेपाल टुक्रा–टुक्रा हुन्छ’ भनी दिएको अभिव्यक्तिप्रति श्रेष्ठले आपत्ति जनाएका हुन् । भाजपा उपाध्यक्ष...