समाचार

आर्थिक सामथ्र्यलाई संघीयताको आधार बनाऊः सोनिया

२०७० साउन २२ गते १:४५

नयाँदिल्ली । २२ साउन । भातीय सत्ताढ दल कांग्रेस आइ अध्यक्ष सोनिया गान्धीले नेपालमा आथिर्क सामथ्र्यलाई आधार बनाएर संघीयतामा जान उपयुक्त हुने सुझाव दिएकी छिन् । कांग्रेस सभापति शुसील कोइरालासँग नयाँदिल्लीको जनपथस्थित निवासामा भेट गर्दै गान्धीले संविधानसभा निर्वाचनपछि आफूलाई नेपाल भ्रमणमा आउने इच्छा रहेको...

काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा

२०७० साउन २१ गते ११:२३

भक्तपुर, २१ साउन । काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा परेको छ । भक्तपुरका थप पाँचवटा र्फमको कुखुरामा सोमबार बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार पछिल्लो पटक बालकोटका वीरबहादुर भुसाल, झौखेलको किरण सुवाल, सल्लाघारीको नारायणहरि खत्री र सुडालका राम...

नदीले बगाएर सात तीर्थालुको मृत्यु

२०७० साउन २१ गते १०:२५

सिन्धुली, २१ साउन । सिन्धुलीको कमला नदीमा आएको बाढीेले बगाउँदा सात तीर्थालुको मृत्यु भएको छ । अरु तीन जना नदीमा बेपत्ता भएका छन् । हतपते गाविसको जरायोटारस्थित मधुगंगा महादेवको दर्शन गर्न गएकाहरूलाई नदीले बगाएको हो । साउने सोमबारको व्रत बसेकाहरू पूजापाठका लागि मन्दिर जाने...

असन्तुष्ट सहमतिमा आउँछनः देउवा

२०७० साउन २१ गते १०:१३

काभ्रे, २१ साउन । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन प्रक्रियामा असन्तुष्ट दल पछिल्लो समय निर्वाचनमा सहभागिता जनाउन सकारात्मक देखिएको बताएका छन् । नेपाल प्रेस युनियनले धुलिखेलमा गरेको ‘नेपालमा मिडिया र पब्लिक सुरक्षा’ विषयक कार्यक्रममा सोमबार देउवाले निर्वाचन प्रक्रियामा असहमत मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितका...

सरकारले मुकेशको थप उपचार गर्ने

२०७० साउन २१ गते ६:५५

काठमाडौँ, २१ असार । जनआन्दोलन २०६२/०६३ का घाइते मुकेश कायस्थको थप उपचारका लागि सरकारले अग्रसरता देखाएको छ । मुकेशको स्वास्थ्यमा सुधारदेखिएपछि उनकी आमाको अनुरोधमा थप उपचारका लागि सरकार अग्रसर भएको हो । सरकारले मुकेशको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण गरी १५ दिनभित्र सुझाव दिन न्यूरो...

कोइरालाले दिल्लीमा भेटवार्ता थाल्दै

२०७० साउन २१ गते ६:२४

काठमाडौँ, २१ साउन । साताव्यापी भारत भ्रमणमा रहेका काँग्रेस सभापति सुशील कोइरालाले आजबाट उच्चस्तरीय राजनीतिक भेटवार्ता थाल्दै हुनुहुन्छ । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाका साथ हिजो दिल्ली पुगेका कोइरालाले आज प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेट साँझ ५ बजे नयाँदल्लीमा...

वार्ताको एजेण्डा तय गर्न वैद्य मोर्चाको बैठक बस्दै

२०७० साउन २१ गते ६:२१

काठमाडौँ, २१ साउन । सरकार र उच्चस्तरीय राजनीतिक समितिसँगको वार्ताको एजेण्डा तय गर्न नेकपा–माओवादी नेतृत्वको मोर्चाको बैठक आज बस्दै छ । उच्चस्तरीय समितिले वार्तामा आउन अपिल गर्दै तेस्रोपल्ट पत्र पठाएलगत्तै मोर्चा वार्ताको एजेण्डा तय गर्ने गृहकार्यमा जुटेको हो । उच्चस्तरीय समितिले वार्तामा आउन अपिल...

निर्वाचनबारे राष्ट्रपतिको चासो

२०७० साउन २० गते १४:४५

काठमाडौँ, २० साउन । राष्ट्रपति रामवरण यादवले मंसिर ४ गतेको संविधानसभा चुनावको तयारीबारे दलहरुसँग जिज्ञासा राख्नुभएको  छ । राष्ट्रपति यादवलाई भेट्न आइतबार शीतलनिवास पुगेका एमाले शीर्ष नेतासँग उहाँले निर्वाचन तयारीबारे चासो राख्नुभएको हो । एमाले उपाध्यक्ष बामदेब गौतम र महासचिब ईश्वर पोखरेलसँको भेटमा राष्ट्रपति...

क्षेत्र निर्धारण आयोगको म्याद ७ दिन थप

२०७० साउन २० गते १४:४२

काठमाडौँ, २१ साउन । सरकारले निर्बाचन क्षेत्र निर्धारण आयोगको म्याद ७ दिन थप गरेको छ । काम पूरा नगरी आयोगको म्याद शनिबार सकिएपछि पुनः म्याद थप गरेको  मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । आयोगका प्रवक्ता टेकप्रसाद ढुंगानाले आफूहरुले १०...

काँग्रेस सभापति कोइराला भारत प्रस्थान

२०७० साउन २० गते १४:३९

काठमाडौँ, २१ साउन । कांग्रेसका सभापति सुशील कोइराला साताव्यापी भ्रमणका सिलसिलामा आइतबार नयाँ दिल्ली पुग्नुभएको छ । भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ त्यसतर्फ जानु भएको हो । एयर इन्डियाको विमानबाट सभापति कोइराला सहित महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला नयाँदिल्ली प्रस्थान गरेको नेपाली कांग्रेसले...

३३ दलीय मोर्चालाई तेस्रो पत्र

२०७० साउन २० गते ६:२९

काठमाडौं, २० साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई वार्ताका लागि तेस्रोपटक पत्राचार गरेको छ । समितिका संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मोर्चालाई आइतबार पत्र पठाउनु भएको हो । नेकपा–माओवादीको कार्यालय वुद्धनगरमा पत्र बुझाइएको प्रचण्डका सहयोगी शिव खक’रेलले जानकारी दिनुभयो...

हात्ती आक्रमणमा दुईको मृत्यु

२०७० साउन २० गते ५:४४

सर्लाही, २० साउन ।  सर्लाहीमा जंगली हात्तीको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । आक्रमणमा अर्का एक गम्भीर घाइते भएका छन् । जंगलबाट बस्ती पसेको हात्तीले खेतमा पानी लगाउन गएका हरिपुर गाविस १ जुटपानीका ३० वर्षीय उपेन्द्र महतो र घरमा सुतेकी अढाई वर्षकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us