प्रवास

एनआरएनए अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

२०७६ जेठ ७ गते १२:३३

अमेरिका, ७ जेठ – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको अध्यक्षमा सुनिल शाह भारी मतले विजयी भएका छन् । निर्वतमान वरिष्ठ उपाध्यक्ष शाह ३ हजार ७११ मतले विजयी भएका हुन् । शाहका प्रतिस्पर्धी सूर्य लम्सालले २ हजार ७९७ मत ल्याए भने सञ्जय थापाले...

अष्ट्रेलियाको विश्वविद्यालयमा घले दम्पतीका नाममा छात्रवृत्ति

२०७६ जेठ ६ गते १४:४६

अष्ट्रेलिया, ६ जेठ – गैर आवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङको नाममा अस्ट्रेलियाको एक विश्वविद्यालयमा स्थापना गरिएको छात्रवृत्ति वितरण गरिएको छ । अस्ट्रेलियाको फेडेरेसन युनिभर्सिटी अन्तर्गतका कलेजमा पढ्ने तीन महिला विद्यार्थीलाई घले दम्पतीको नामको स्थापित एसजी एन्ड...

१५ जना नेपालीको ट्रिपोलीबाट उद्धार(नामसहित)

२०७६ जेठ ६ गते १०:१०

काठमाण्डु, ६ जेठ – रोजगारीको आश्वासन दिएर अवैध रुपमा लिविया पुर्‍याइएका १५ नेपालीको ट्रिपोलीबाट उद्धार गरिएको छ । डर त्रास देखाएर काममा लगाएको र नेपाल फर्कन खोज्दा राहदानी नदिएका कामदारहरूलाई उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको कायरोस्थित नेपाली दूतावासले जनाएको छ ।...

कुवेत जान लागेका नेपाली महिलाको साउदीबाट उद्धार

२०७६ जेठ ५ गते १७:३५

साउदी, ५ जेठ – घरेलु कामदारका रूपमा नेपालबाट कुवेत जान लागेका दुई नेपाली महिलाको साउदी अरबबाट उद्धार गरिएको छ । रियादस्थित नेपाली राजदूतावासले घरेलु कामदारका रूपमा काम गर्न भन्दै दलालमार्फत गैरकानुनी तरिकाले साउदी पुगेका ती महिलालाई उद्धार गरिएको जनाएको छ । उद्धार गरिएकाहरूमा पाँचथर...

छोरा मलेसियाको जेलमा, नेपाल ल्याइदिन आमा र श्रीमतीको अनुरोध

२०७६ जेठ ५ गते १४:३४

पाल्पा, ५ जेठ – सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन् । छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली...

दाजुलाई भेट्न गएकी नेपाली युवतीको दिल्लीमा बलात्कार

२०७६ जेठ १ गते १५:३३

मुम्बई, १ जेठ – नयाँ दिल्लीमा एक नेपाली युवतीको सामूहिक बलात्कार भएको छ । एक २४ वर्षीया नेपाली युवती नेपालबाट भारतमा आफ्नो दाजुलाई भेट्न गएको बेलामा नयाँ दिल्लीमा सामूहिक बलात्कार गरेको टाइम्स अफ इण्डियाको बुधबारको अनलाइन संस्करणमा जनाइएको छ । प्रहरीले सो सम्बन्धमा मुद्दा...

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि आयो नयाँ नियम

२०७६ वैशाख ३१ गते १६:००

काठमाण्डु, ३१ वैशाख – भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै आज सूचना प्रकाशित...

नेपालीलाई सहयोग गर्न अष्ट्रेलियाका मन्त्रीले राखे अनौठो सर्त

२०७६ वैशाख ३० गते १२:५६

अस्ट्रेलिया, ३० वैशाख – अस्ट्रेलियाका एक मन्त्रीले नेपाललाई सहयोग गर्नका लागि एउटा सर्त अगाडि सारेका छन् । १८ तारिखमा हुने आमनिर्वाचनमा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीसामू ती मन्त्रीले आफूले चुनाव जिते नेपाललाई ८ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । नेपाली समूदायको एक...

भियतनामको भ्रमण सकेर प्रधानमन्त्री कम्बोडिया प्रस्थान

२०७६ वैशाख ३० गते १०:१६

भियतनाम, ३० वैशाख – दक्षिण एशियाली पुर्वी मुलुकहरु भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । बैशाख २६ गते विहीबार भियतनाम पुगेका प्रधानमन्त्री ओलीले तीन दिने भियतनामको भ्रमण सकेर कम्बोडिया प्रस्थान गरेका हुन् । कम्बोडियामा प्रधानमन्त्री ओलीले...

एनआरएनए अध्यक्षले मागेे बालुवाटार जग्गाकाे क्षतिपूर्ति

२०७६ वैशाख २९ गते १०:४८

अष्ट्रेलिया, २९ वैशाख – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बालुवाटारस्थित संघ कार्यालय रहेको जग्गा सरकारले फिर्ता लगेमा क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । अष्ट्रेलियाको सिड्नीमा भएको ओसेनिया क्षेत्रको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आवश्यक परे मन्त्रिपरिषद् बैठकमा उक्त निर्णय लैजाने बताएका हुन्...

नेपाल र भियतनामबीच भयो यस्तो सम्झौता

२०७६ वैशाख २९ गते १०:१५

भियतनाम, २९ वैशाख – नेपाल र भियतनाम द्विपक्षीय सम्बन्ध र व्यापार अभिवृद्धिलाई नयाँ उचाइमा पुर्‍याउन सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणमा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । सो अवसरमा कूटनीतिक तथा सरकारी राहदानी...

प्रधानमन्त्रीले गरे हा लोङको भ्रमण

२०७६ वैशाख २७ गते १५:४७

काठमाण्डु, २७ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँको हा लोङ खाडी भ्रमण गरेका छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण सो खाडी क्वाङ निन्ह प्रान्तको आकर्षक भ्रमण गन्तव्य मानिन्छ । हा लोङको अर्थ ओर्लिरहेको ड्रयागन हो । एक हजार पाँच सय वर्गकिमीमा फैलिएको सो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us