बेल्जियम, ४ पुस–नेपाली जनप्रगतिशल मंच बेल्जियमको २५ डिसेम्बरमा हुने वार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । साधारणसभाको प्रचार प्रसारको लागि ७५ सदस्यीय समिति गठन गरिएको छ । प्रचार प्रसार समितिमा चित्र सुवेदी, लोक दहाल, कृष्ण पौडेल, कृष्ण तिलिजा मगर, रामचन्द्र सुवेदी, प्रकाश पौडेल,...
नयाँ दिल्ली, ३ पुस– भारतमा सन् २०११ मा भ्रष्टाचारको विरोधमा राष्ट्रव्यापी जनआन्दोलन देखा परेपछि तथा यसले राजनीतिज्ञहरूलाई क्रियाशील बनाएपछि संसदले बुधबार भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली संस्था स्थापना गर्न एक कानुन पारित गरिदिएको छ । सत्ताधारी कङ्ग्रेस पार्टी तथा प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टी (बीजेपी)...
नयाँदिल्ली, ३ पुस–भारतका सबै सरकारी बैंकहरु बुधबार बन्द भएका छन् । तलब बृद्धिको माग गर्दै बैंकका कर्मचारीहरुले कामकाज ठप्प पारेपछि बुधबार एक दिन कारोबार बन्द भएको हो । बैंक कर्मचारी र भारतीय बैङ्क्स एसोसियशन (आईबीए)बीच समस्या समाधानको लागि वार्ता भए पनि असफल भएको थियो...
काठमाण्डु, ३ पुस–एकजना भारतीय कुटनीतिज्ञलाई निर्बस्त्रपारि जाँच गरिएको घटनाले संयुक्त राज्य अमेरिका र भारतबीचको संबन्ध चिसिएको छ । केहि दिन अघि एकजना भारतीय महिला कुटनीतिज्ञ देवयानी खोबरागडेलाई निर्बस्त्रपारि जाँच गरेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेपछि दुई देशबीचको कुटनीतिक सम्बन्ध झन् तनावग्रस्त भएको हो । आफ्ना...
काठमाण्डु, २ पुस–अमेरिकामा भारतकी उप महावाणिज्यदूतलाई कपडा खोल्न लगाएर त्यहाँको प्रहरीले तलाशी लिएको खुलासा भएको छ । भारतकी उप महावाणिज्य दूत देवयानी खोबरागडेलाई भीसा नियम उल्लंघन गरेको आरोपमा न्यूयोर्क प्रहरीले गिरफ्तार गरेको थियो । उनलाई कस्टडीमा लगेर कपडा खोल्न लगाएर तलाशी लिएको खबरले भारतमा...
सोल, १ पुस–दक्षिण कोरियाको उत्तर कोरियासँगको अग्र भागमा रहेको बाएङएओङ द्वीपमा उत्तर कोरियाबाट त्यहाँ रहेका सैनिकमाथि आक्रमण हुनसक्ने चेतावनी दिइएको हजारौँ पर्चाहरू खसाइएको समाचार प्राप्त भएको छ । दक्षिण कोरियाको नौसेनाको एक एकाइले ती पर्चा प्राप्त गरेको जानकारी योनहाप समाचार संस्थाले दिएको छ ।...
जुबा, १ पुस–नवस्वतन्त्र मुलुक दक्षिणी सुडानका राष्ट्रपति साल्भा किरले सोमबार राजधानीमा कडा भिन्डन्तपछि आफूले सैनिक विद्रोहलाई पराजित गरिदिएको बताएका छन । नगरको केन्द्र नजिकै सैनिक ब्यारेकमा मध्यरातअगाडि सङ्घर्ष आरम्भ भएको र नगरभर फैलिएको कूटनीतिज्ञ तथा प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुले मेसिनगन तथा क्षेप्यास्त्र प्रयोग...
नयाँदिल्ली, १ पुस– बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाए पनि भारतमा यौन हिंसा नरोकिएको अधिकारीहरुले बताएका छन् । गएको बर्ष राजधानी नयाँदिल्लीमा बसभित्रै एक युवतिमाथि भएको सामुहिक बलात्कार भएपछि कानुनमा संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गरिएको थियो । कानुनमा कडाइ गरिए पनि व्यवहारमा भारतमा महिला,...
ढाका, ३० मंसिर–बङ्गलादेशमा प्रमुख इस्लामी नेता अब्दुल कादर मुल्लालाई मृत्युदण्ड दिइएपछि निरन्तरको विरोध प्रदर्शनमा शनिबार राती थप १३ व्यक्तिको मृत्यु भएको छ भने प्रधानमन्त्री सेख हसिनाले प्रदर्शनकारीमाथि कारवाही गर्ने चेतावनी दिएकी छन । मुल्लालाई सन् १९७१ मा स्वतन्त्रताको युद्धमा आमहत्या गरेको आरोपमा मृत्युदण्ड दिइएपछि...
युएई २९ मंसिर – आफूसँगै काम गर्ने नेपाली हत्या आरोपमा इमिरेट्स (युएई) को जेलमा रहेका एक नेपालीले आममाफी पाएका छन् । हत्यामा संलग्न रहेको आरोपमा मृत्युदण्डको फैसला सुनाइएका पर्वत चित्रे–४ का दुर्गाबहादुर सुनारलाई त्यहाँको अदालतले आममाफी दिएको हो । आममाफी पाएसँगै सुनार घर फर्कने...
काठमाण्डु, २८ मंसिर– श्रम तथा रोजगार मन्त्रालयले बिदेसिएका नेपालीसमेतको तथ्याङ्कबाट जनसङ्ख्याको अनुपातमा सबैभन्दा बढी मानिस आप्रवासनमा गएको मुलुकका रुपमा नेपाल रहेको जनाएको छ । मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले श्रम स्वीकृति नलिई विदेश गएका, भारतमा श्रमका लागि गएका, अमेरिका, युरोपलगायत महादेशमा अध्ययन, व्यापारव्यवसाय तथा स्थायी...
आन्त्वयरपेन २८ मंसिर–नेपाली जनप्रगतिशल मञ्च बेल्जियमको बार्षिक साधारण सभा एकिकृत नेकपा माओबादीका नेता तथा अन्तराष्ट्रिय बिभागका ईन्चार्ज दिनानाथ शर्माको प्रमुख आतिथ्यमा हुन लागेको छ । आन्त्वयरपेन डिसेम्वर २५, २०१३ मा हुने सो साधारणसभाका लागि नेपाल सरकारका भुतपुर्व शिक्षा मन्त्री दिननाथ शर्मा बेल्जियम पुगिसेका छन...