प्रवास

युएईले थप नेपालीलाई रोजगारी दिने

२०७० कार्तिक १२ गते ११:४९

काठमाण्डु, १२ कात्तिक– संयुक्त अरब इमिरेट्स (युएई) ले बढीभन्दा बढी नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ । नेपाली कामदारको सुरक्षाप्रति आफ्नो देशको सरकार गम्भीर रहेको बताउँदै मन्त्री घोबासले युएइको कानुनको पालना नगर्ने कम्पनीलाई कारबाही गर्ने प्रावधान रहेको र त्यसैअनुरुप भइरहेको बताए ।...

दुबईका गभर्नरका पत्र लिएर युएईका श्रममन्त्री काठमाण्डुमा

२०७० कार्तिक ११ गते १४:१५

काठमाण्डु– संयुक्त अरब इमिरेट्स (युएई)का श्रममन्त्री सकर घोबास सइद घोबास नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार अपराह्न काठमाण्डु आइपुगेका छन् । तीन सदस्यीय उच्च अधिकारीका साथ यहाँ आउनुभएका उनलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरे । सन् २०२० मा उक्त मुलुकको महानगर दुवइमा...

साना किसान परिवारका दुईसय बढी नेपाली विद्यार्थी इजरायल प्रस्थान

२०७० कार्तिक ११ गते १२:५३

काठमाण्डु, ११ कात्तिक–इजरायल सरकारको पूर्ण छात्रवृत्तिमा २०४ जना साना किसान परिवारका सदस्य कृषि प्रविधि एवम् सीप सिक्न सोमबार इजरायल प्रस्थान गरेका छन् । साना किसान विकास बैंकसँग आबद्ध साना किसान सहकारी संस्थासँगको सहकार्यमा इजरायलले नेपाली किसानको उत्पादकत्व बढाउन तथा आधुनिक कृषि प्रणालीमा उन्मुख गराउन...

पशुपतिका असहायहरुलाई एक डलर सहयोग

२०७० कार्तिक ११ गते ७:३३

काठमाण्डु ११ कात्तिक–एक–एक डलर उठाएर अमेरिकामा बस्दै आएका नेपालीहरुले पशुपतिमा रहेका असाहायहरुलाई सहयोग गरेका छन । अमेरिकामा रहेका नेपालीहरुले स्थापना गरेको एचडिएनपी नामक संस्था मार्फत पशुपतिमा रहेका एक सय भन्दा बढी असाहायलाई जाडोमा प्रयोग हुने कपडा र खानेकुरा सहयोग गरिएको हो । अमेरिकामा बस्दै...

‘पटना विष्फोटको मुख्य अभियुक्त पक्राउ’

२०७० कार्तिक ११ गते ५:४८

पटना-भारतको बिहार पुलिसले पटनामा भएको श्रृङ्खलाबद्ध विष्फोटको मुख्य अभियुक्त सहित तीनजनालाई पक्राउ गरेको दावी गरेको छ । अभियुक्तहरुले घटनामा आफ्नो संलग्नता स्वीकारी सकेका छन् । पटनाका वरिष्ठ पुलिस अधीक्षक मनु महाराजका अनुसार विष्फोटका योजनाकार को थिए भन्नेबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन् ।...

गाडि चलाएको भन्दै महिलालाई कारबाही

२०७० कार्तिक ११ गते ५:४०

साउदी–साउदी अरब प्रहरीले गाडि चलाउने ६० महिलालाई कारवाही गरेको छ । साउदी अरबमा सन् १९९० देखि महिलाहरुलाई गाडि चलाउन प्रतिवन्ध छ । कानुन उल्लंघन गरी गाडि चलाएको भन्दै उनीहरुलाई जनही ८० डलर जरिवाना गरिएको छ भने गाडिको साँचो घरको पुरुष सदस्यलाई सुम्पन निर्देशन दिइएको...

प्रथम विश्व युवा सम्मेलन काठमाण्डुमा जारी

२०७० कार्तिक १० गते १६:३८

काठमाण्डु–युवा वर्गमा रहेको क्षमतालाई एकीकृत गरी राष्ट्र विकासमा लगाउने उद्देश्यले आइतवारदेखि काठमाण्डुमा प्रथम विश्व युवा सम्मेलन सुरु भएको छ । मातृभूमिका लागि युवा अभियान नेपालले आयोजना गरेको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका युवा प्रतिनिधिको सहभागिता रहेको छ । सोमबारसम्म चल्ने उक्त सम्मेलनले देश तथा...

बङ्गलादेशको राजनीतिक हड्तालमा पाँच जनाको मृत्यु

२०७० कार्तिक १० गते १६:११

ढाका–बङ्गलादेशमा प्रतिपक्षी दलले आइतबार प्रधानमन्त्री सेख हसिनाले राजिनामा दिनुपर्ने र नयाँ निर्वाचन गराउन कामचलाउ सरकार गठन गर्नुपर्ने माग गर्दै हडताल आरम्भ गरेका छन् भने यस विषयमा मुलुकको विभिन्न भागमा द्वन्द्व हुँदा तथा रेलमाथि आक्रमण हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्युभएको छ । प्रहरीले प्रमुख प्रतिपक्षी...

मोदीको र्‍याली पूर्व श्रृंखलावद्ध विष्फोट, पाँचको मृत्यु, ७१ घाइते

२०७० कार्तिक १० गते १०:३५

भारत– भारतको पूर्वी भागमा अवस्थित नगर पटनामा आइतबार प्रतिपक्षी दलका नेता नरेन्द्र मोदीले निर्वाचन अभियान सभाको आयोजना गर्नु केही समयपूर्व शृङ्खलाबद्ध रूपमा कम क्षमताका बम विस्फोट हुँदा पाँच व्यक्तिको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । पटनामा सभाको आयोजना गरिने स्थलमा सात साना बम...

हवाई आक्रमण तालिवान कमाण्डरको मृत्यु

२०७० कार्तिक १० गते ९:१०

अफगानिस्तान, १० कात्तिक–अफगानिस्तानको पश्चिमी भागमा पर्ने निम्रोज प्रान्तमा नेटोसँग आवद्धसैनिकले गरेको हवाई आक्रमणमा तालिवान प्रमुख कमाण्डरको मृत्यु भएको छ । निम्रोज प्रान्तको खसरोड जिल्लामा शनिबार साँझ भएको सो आक्रमणमा तालिवान कमाण्डर मुल्लाह इब्राहिमको मृत्यु भएको सो प्रान्तका प्रान्तीय गभर्नर सार्वार सुवातले सिन्हवा समाचार समितिलाई...

फेसबुकले जुटायो ५२ लाख,बच्यो शान्तिको जीवन

२०७० कार्तिक १० गते २:३९

म्याग्दी, १० कात्तिक–शरीरमा रगत उत्पादन नहुने (हाइपोपलास्टिक एनिमिया) रोगबाट थलिएकी म्याग्दीकी एक युवतीको लाखौँ रुपैयाँ चन्दा सङ्कलन गरेर उपचार गरिएको छ । चन्दा सङ्कलन अभियानबाट जुटेको रकम खर्च गरेर शुक्रबार भारतको कोलकतास्थित टाटा मेडिकल सेन्टरमा सिंगा गाविस–१ की ओमकुमारी (शान्ति) पुनको बोनम्यारो प्रत्यारोपण गरिएको...

सबै दललाई विश्वासमा लिन्छु: प्रधानमन्त्री शरिफ

२०७० कार्तिक ९ गते १५:३१

इस्लामावाद–पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले पाकिस्तानमा रहेका तालिवानहरुसँगको वार्ताका लागि पाकिस्तानका सबै दललाई विश्वासमा लिने बताएका छन । पाकिस्तानका प्रमुख विपक्षी नेता खुर्सिद साहले तालिवानसँगको वार्ताका विषयमा आफुले सञ्चारमाध्यमबाट मात्र सुनेको तर सरकारले यस विषयमा केही बताउन नचाहेको भनी दिएको सार्वजनिक वक्तव्यपछि त्यस्तो भनाई आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us