प्रवास

महेन्द्रका परिवारलाई हङकङबासी नेपालीको सहयोग

२०७५ मंसिर ९ गते ११:५३

धरान, ९ मंसिर – गत भाद्र २१ गते उपचारको क्रममा मृत्यु भएका धरानको पुरानो सांगीतिक समूह मिक्स मेलोडीका ड्रमर महेन्द्रका परिवारलाई हङकङबासी नेपालीहरुले सहयोग गरेका छन् । राईका श्रीमती तथा छोराको भबिष्यको लागि केही सहयोग होस् भन्ने अभिप्रायले हाल हङकङमा बसोबास गर्ने मिक्स मेलोडी...

जापानमा जागिर खोज्दा गर्नै नहुने यी चार गल्ती

२०७५ मंसिर ९ गते ११:४९

जापान, ९ मंसिर – जापानमा लामो समय बस्ने योजना बनाएका जो कसैलाई पनि एउटा जागिरको आवश्यकता पर्दछ नै । यहाँ जागिर पाउने विषयमा सबैभन्दा चुनौती बनेर उभिएको छ भाषा । भाषा मात्र नभइ अन्य धेरै कुराहरु छन् । जसले गर्दा आफ्नो पढाई सक्किएपछि कम्पनीहरुमा...

जाइका नेपालको प्रमुखमा आसाकुमा नियुक्त

२०७५ मंसिर ९ गते १०:५५

जापान, ९ मंसिर – जापान अन्तराष्ट्रिय नियोग(जाइका)ले नेपालको प्रमुखमा यमिको आसाकुमालाई नियुक्त गरेको छ । यसअघिका प्रमुख जुन सामुमाको कार्यकाल सक्किएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाएको हो । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत थिइन् । सन् १९९३ देखि जाइकामा प्रवेश गरेक...

नेप्लिज नर्सिङ एसोसिएसन यूकेको अध्यक्षमा सिंखडा र बस्यालको भिडन्त

२०७५ मंसिर ८ गते १०:२७

लण्डन, ८ मंसिर- नेप्लिज नर्सिङ एसोसिएसन यूकेको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । एसोसिएनको अध्यक्ष पदमा विनोदविकास सिंखडा र इन्दिरा बस्यालको उम्मेदवारी परेको छ । सिंखडा वर्तमान कार्यसमितिका उपाध्यक्ष र बस्याल संस्थापक सचिव हुन् । उपाध्यक्ष भने सुनिता गौतम (थापा) र गंगा...

मलेसियामा एक नेपालीको शव भेटियो

२०७५ मंसिर ५ गते १४:४४

मलेसिया, ५ मंसिर – मलेसियामा एक नेपालीको शव भेटिएको छ । मलेसियाको जलानमा ट्राफिक लाइट नजिकैको झाडीमा सुरक्षा गार्डको पोशाकमा एक नेपालीको शव भेटिएको मलेसियाको प्रहरीले जनाएको छ । ‘उनको नाकबाट रगत बगेको र देब्रे हातको चोरी औंलामा पनि चोट लागेको अवस्थामा भेट्यौं, उनले...

छ वर्ष बित्दा पनि भद्रशीलाको शव आएन

२०७५ मंसिर ४ गते १२:३७

भद्रपुर, ४ मङ्सिर – झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन्...

अस्ट्रेलियामा नेपालका राजेन्द्रले १९ वर्षीया युवतीसँग यौन प्रस्ताव राखेपछि…

२०७५ मंसिर २ गते १५:२४

अष्ट्रेलिया, २ मंसिर – अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने भएको छ । उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीया राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलार्इ घर छोड्ने क्रममा यौन...

कतार प्रहरीको नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक रिहा

२०७५ कार्तिक ३० गते १७:२७

कतार, ३० कात्तिक – कतार प्रहरीको नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक आर के शर्मा झण्डै एक महिनापछि रिहा भएका छन् । २८ दिनसम्म नियन्त्रणमा राखेपछि कतार प्रहरीले उनलाई हिजो सांझ छाडेको हो । गत अक्टोबर ५ मा कतारमा आयोजित एउटा सांस्कृतिक कार्यक्रम सहभागी भएको...

दार्चुलाका तारासिंहको मलेसियामा ज्यान गयो

२०७५ कार्तिक ३० गते ११:४९

दार्चुला, ३० कात्तिक – मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका...

महिलाले आफ्नो सहभागिता बढाउने हो भने पुरुष सरह क्षमता प्रस्तुत गर्नुपर्छः उपसभामुख तुम्बाहाङफे

२०७५ कार्तिक २९ गते १५:४३

लन्डन, २९ कात्तिक – व्यवस्थापिका संसद्का उपसभामुख शिवमाया तुम्बाहाङफेले राज्यको हरेक तहमा महिलाहरूको सहभागिता अझै पनि सन्तोषजनक नरहेको बताएकी छन् । आधा हिस्सा ओगट्ने महिलाहरूको सहभागिता प्रतिनिधिमूलक रूपमा राम्रै भए पनि तुलनात्मक रूपमा सन्तोषजनक नरहेको उपसभामुख तुम्बाहाङफेले बताएकी हुन् । लन्डनस्थित नेपाल आदिवासी जनजाति...

अमेरिका जाने नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च

२०७५ कार्तिक २९ गते १५:१३

काठमाण्डु, २९ कात्तिक – अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च भएको छ । अमेरिकी शिक्षा तथा संस्कृति मामिला र ओपन डोरको अन्तर्राष्ट्रिय शिक्षा साटासाट सम्बन्धी डाटाको सार्वजनिक प्रतिवेदन अनुसार अमेरिकामा पढ्ने नेपालीको गत वर्षभन्दा १४ दशमलव ३ प्रतिशतले बढेको हो । अध्ययनका लागि...

अमेरिकाको हरेक कुनामा बस्दै आएका नेपालीको हरेक चासोलाई ध्यान दिनेछुः ह्यारी भण्डारी

२०७५ कार्तिक २७ गते १४:३०

बाल्टिमोर, २७ कात्तिक – डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us