काठमाण्डु, ७ कात्तिक – भारतबाट ३७ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा भारतका विभिन्न स्थानबाट नेपाली महिलाहरुको उद्धार गरिएको हो । मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारीअनुसार भारतका बिभिन्न स्थानसम्म पुर्याएको थियो । सोमबार साँझ...
काठमाण्डु, ५ कात्तिक – भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा...
जयपुर, ५ कात्तिक – सामूहिक बलात्कारबाट जोगिन एक नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालेकी छन् । भारतको जयपुरस्थित मोहना क्षेत्रमा भएको उक्त घटनामा जिवितै रहेकी २३ वर्षीया ती युवतीको जयपुर अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अर्धनग्न अवस्थामा हामफालेकी युवतीको स्वास्थ्य अवस्था...
काठमाण्डु, ३ कात्तिक– विजया दशमीका अवसरमा ओमनमा रहेका नेपालीलाई सांस्कृतिक कार्यक्रमसहित टीका जमरा लगाएका छन् । प्रवासी नेपाली एकता मञ्च ओमनले रुबि स्थित अलमासा शुक्रबार कार्यक्रम आयोजना गरेको हो । बिजया दशमीको दिन ओमनमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले पनि भब्यताका साथ दशैँ पनि मनाए ।...
काठमाण्डु- युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, पोर्चुगलका लागि...
काठमाण्डु, २८ असोज – मानव तस्करले खाडी देशमा घरेलु कामदारको रुपमा पठाउन लागेका आठ नेपाली महिलाको नयाँदिल्लीबाट उद्धार गरिएको छ । उनीहरूलाई पहाडगंजस्थित होटल ओमेक्स डिलक्सबाट उद्धार गरिएको दिल्ली महिला आयोगले जनाएको छ । पाँच जनालाई इरान र तीन जनालाई कुवेत पठाउन लागिएको बताइएको...
काठमाण्डु, २० असोज – मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासले अवैधानिक रुपमा मलेशियामा बसोवास गर्दै आएका नेपाली कामदारसँग नेपाल पठाइदिने भनी ठगीका घटना बढेको भन्दै अवैधानिक व्यक्तिसँग अनधिकृत कारोबार नगर्न अनुरोध गरेको छ । दूतावासले एक सूचना जारी गर्दै मलेसिया सरकारले अवैधानिक भएका नेपाली कामदारलाई नेपाल...
लिस्बन, १८ असोज – दुवै मिर्गौला खराब भई उपचार गराइरहेका नवलपुरको गैँडाकोट नगरपालिका–६ का ३३ वर्षीय शक्तिप्रसाद चालिसेको उपचारका लागि ‘नवलपुर समाज पोर्चुगल’ले आर्थिक सहयोग गरेको छ । चालिसेको अर्थाभावका कारण उपचारमा समस्या देखिएपछि आर्थिक सहयोग अभियान सञ्चालन गरिएको हो । हालसम्म रु एक...
काठमाण्डु, १७ असोज – बैदेशिक रोजगारीका लागि कतार पुगेका १५० जना नेपालीसहित झन्डै ९०० जना आप्रवासी कामदार अलपत्र परेका छन् । कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा काम गर्ने झन्डै ९०० जना कामदार अलपत्र परेका हुन् । कम्पनीले बिगत ५ महिना देखि तलब नदिने...
काठमाण्डु, १७ असोज – सन् २०२० का लागि आजदेखि डिभी चिठ्ठा खुल्दैछ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन बेलुकीदेखि खुल्ने काठमाण्डुस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी चिठ्ठा भर्न कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ । डिभी भर्न परिवारका सदस्य, साथी वा...
मलेसिया, १३ असोज वैदेशिक रो–जगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन वेतिथिका भोगाई हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन्...
काठमाण्डु, ११ असोज – अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र (नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिए । सम्मेलन...