काठमाण्डु, २९ साउन – मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई जना नेपाली कारबाहीमा परेका छन् । उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ । नेपाली नागरिक ४० वर्षका कन्हैयालाल दास र ३० वर्षका सत्य नारायण चौधरीलाई अदालतले...
मलेशिया, २८ साउन – मलेशियाले नेपाली श्रमिक सम्बन्धमा छिट्टै नेपालसँग आपसी समझदारीमा हस्ताक्षर हुने बताएको छ । राजधानी क्वालालाम्पुरमा भएको एक कार्यक्रममा मलेशियाका मानव संशाधन मन्त्री एम. कुलशेगरनले यस्तो बताएका हुन् । सो क्रममा उनले नेपाल र मलेशियाबीच एमओयु गर्ने तयारी अन्तिम चरणमा पुगेको...
काठमाण्डु, २२ साउन – ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ । ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै...
जापान, टोकियो –तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान पुगेका दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ । टोकियो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो । नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ ।...
एजेन्सी – नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने तपाईलाई थाहा नहुन सक्छ ? हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना निर्माण परियोजना शुरु गरेको छ ।...
एजेन्सी – अष्ट्रेलियाको नर्थ क्रोनुला समुद्री किनारमा बुधबार एक महिलाको शव भेटिएको छ । उक्त शव २६ वर्षीया नेपाली मूलकी महिलाको भएको प्रहरीले जनाएको छ । अमेरिकी अखबार ‘द सन्डे मर्निङ हेराल्ड’ का अनुसार उक्त महिलाको शव किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।...
काठमाण्डु, १६ साउन – झापाको बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बू वैदेशिक रोजगारीका सिलसिलामा विसं २०७३ साउन २६ मा साउदी अरब पुगे । रोभ इन्टरनेशनल मेनपावर प्रालिमार्फत हेभी ड्राइभर प्रवेशाज्ञामा साउदी पुगेका उनी त्यहाँको कारम अल खालिज फर ब्लक एण्ड प्रिकास्टिङ कम्पनीमा काम गर्दै...
काठमाण्डु, १६ साउन – युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब...
काठमाण्डु, १५ साउन – मलेसिया सरकारले नेपालले मलेसियामा कामदार पठाउन रोक लगाउने निर्णयमाथि आफ्नो मन्त्रिपरिषदको बैठकमा छलफल गर्ने भएको छ । मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले आगामी शुक्रबार बस्ने मन्त्रिपरिषदको बैठकमा नेपालको निर्णयबारे छलफल हुने बताएका हुन् । मन्त्रिपरिषदको बैठकले पछिल्लो समस्या समाधानका...
काठमाण्डु, १४ साउन – अर्घाखाँचीको सितगंगा नगरपालिका ४ अमराई उपल्लो बजार निवासी ३९ वर्षिय रिता खनाल आफूले काम गर्दै आएको दुबईको कम्पनीको बाथरूममा मृत अबस्थामा फेला परेकी छन् । दुबईस्थित टेनजिस्को सप्लायर्स कम्पनीमा २ वर्ष देखि काम गर्दै आएकी उनी कम्पनीको बाथरूम भित्र सलले...
काठमाण्डु, १३ साउन – मलेसियाका मानव संशाधनमन्त्री एम. कुलासेगरन नेपाल आउन लागेका छन् । विचौलिया र दललाका कारण नेपाली कामदारले मलेसियामा दुःख झेल्दै आएका कारण उनी नेपाल आउन लागेका हुन् । नेपालले मलेसियातर्फ कामदार पठाउन रोक्दा आफ्नो देशका उद्योग व्यवसायमा कामदार अभाव हुन सक्ने...
काठमाण्डु, १२ साउन – मलेसिया सरकारले तत्काल कामदार नपठाउने निर्णय पुनरावलोकन गर्न नेपाललाई आग्रह गरेको छ । मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाल कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन आग्रह गरेका हुन् । ‘नेपाली कामदारहरु आउने वैकल्पिक संयन्त्र बनाउँछौं । नभए यहाँ कमदारको अभाव...