प्रवास

दक्षिण कोरियामा सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड

२०७६ भदौ ७ गते १८:०५

कोरिया – सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘सोसिएल वेलफेयर एक्स्सिलेन्स अवार्ड २०१९’ को आयोजना हुने भएको छ । अवार्ड २०१९ सेप्टेम्बर १२ मा दक्षीण कोरियाको सिउलमा हुनेछ । क्लब फोर्टी इन्टरनेसनल तथा दोलखा समाज, दक्षीण...

अवैध बाटोबाट लिविया पुगेका नेपाली युवाको हत्या

२०७६ असार १९ गते ११:३२

एजेन्सी– लिवियामा हवाई हमलामा परी एक नेपालीको ज्यान गएको छ । मृतक सन्तोष श्रेष्ठ भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । यद्यपि उनको नेपालस्थित ठेगाना खुलेको छैन । राजधानी त्रिपोली नजिकै रहेको आप्रवासी हिरासतमा भएको हवाई हमलामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो...

युवराजले भेटे अष्ट्रेलियामा समाजवादी नेतृ प्राइस

२०७६ असार ७ गते १५:१६

सिड्नी– अष्ट्रेलिया भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईंले त्यहाँको कम्युनिष्ट पार्टी सामाजवादी गठबन्धन (सोसलिष्ट अलाइन्स) अष्ट्रेलियाकी अध्यक्ष सुसन प्राइससँग भेटवार्ता गरेका छन् । सिड्नीस्थित सो पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध आयामबारे छलफल भएको चौलागाईंले जानकारी दिए । उनका अनुसार नेपालमा...

साउदी जाने तयारीमा रहेका नेपाली युवालाई दूतावासले दियो यस्तो सुझाव

२०७६ असार ५ गते १७:३४

साउदी, ५ असार – साउदी अरबस्थित नेपाली राजदूतावासले रोजगारीका लागि आउने नेपाली कामदारलाई प्रलोभनमा नपरी दोहोरो सम्झौता नगर्न सचेत गराएको छ । रियादस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै प्रलोभनमा नपर्न, दोहोरो सम्झौता नगरी सरकारको निर्णय बमोजिम तोकिएको सेवा, सुविधा र शर्तमा मात्र वैदेशिक...

ओमनले नेपाली डाक्टर र नर्स माग्यो

२०७६ असार ३ गते १३:३१

ओमन, ३ असार – ओमनले नेपाली डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने प्रस्ताव गरेको छ । ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले यस्तो प्रस्ताव गरेका हुन् । ‘नेपाली डाक्टर...

खाडीको तापक्रम ६३ डिग्री पुग्यो, यी देशमा दिउँसो काम गर्न रोक

२०७६ असार ३ गते ११:३१

काठमाण्डु, ३ असार – तापक्रम ६३ डिग्रीसम्म पुगेपछि खाडीका ६ देशले मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन्  । बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६...

यूएईमा अलपत्र नेपाली स्वदेश फर्किए

२०७६ जेठ ३० गते ११:२७

यूएई, ३० जेठ – संयुक्त अरब इमिरेट्स (यूएई) मा अलपत्र सात जना नेपाली स्वदेश फर्किएका छन् । कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो । दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई...

प्रधानमन्त्री ओलीले फ्रान्सका समकक्षीसँग भेट गर्ने

२०७६ जेठ २८ गते १५:१४

फ्रान्स, २८ जेठ – युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डबीच बिहीवार औपचारिक वार्ता हुने टुंगो लागेको छ । दुई समकक्षीबीच प्रधानमन्त्री कार्यालयमा बेलुका पाँच बजे वार्ता हुने भएको हो । वार्ताका क्रममा नेपाल र फ्रान्सबीच कूटनीतिक...

प्रधानमन्त्री ओली दोहाबाट स्वीट्जरल्याण्ड उडे

२०७६ जेठ २६ गते १३:१२

दोहा, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रि«य श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा रहेका छन् । प्रधानमन्त्री...

दुबईमा पर्यटक बस दुर्घटना, १७ जनाको ज्यान गयो

२०७६ जेठ २४ गते १०:४६

 दुबई, २४ जेठ – दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । बिहीबार साँझ इदको बिदा मनाएर दुबईबाट ओमान फर्किदै गरेका ३१ जना पर्यटक सवार बस दुबईको शेख जायद रोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ...

नेपालीले चिनियाँ महिलाको हत्या गरेपछि ताक्लाकोट प्रवेशमा कडाइ

२०७६ जेठ २३ गते ११:३३

काठमाण्डु, २३ जेठ – नेपालीले चिनियाँ नागरिकको हत्या गरेपछि चीनले हुम्लाका स्थानीयलाई तिब्बतको ताक्लाकोट प्रवेशमा कडाइ गरेको छ ।  चिनियाँ पक्षले तीन सातामा झन्डै पाँच सय नेपाली फिर्ता पठाइदिएको छ । जेठ पहिलो साता ताक्लाकोटमा काम गर्न गएका सर्केगाड गाउँपालिका, सर्कीदेउका तिर्थ खडेरालाई चिनियाँ...

अस्ट्रेलियामा अन्धाधुन्ध गोली चल्यो, चार जनाको मृत्यु

२०७६ जेठ २१ गते १७:२५

अष्ट्रेृलिया, २१ जेठ – अस्ट्रेलियामा अन्धाधुन्ध चल्दा चार जनाको मृत्यु भएको छ । उत्तरी अस्ट्रेलियाको डार्विनमा स्थानीय समयअनुसार मंगलबार साँझ ६ बजे अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली लागेर केही व्यक्ति घाइतेसमेत भएका छन् । डार्विनस्थित मोटलमा छिरेर एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us