खेलकुद

च्याम्पियन्स लीग क्रिकेटमा मुम्बईको जीत

२०७० असोज १२ गते ८:१७

काठमाण्डु, १२ असोज– च्याम्पियन्स लिग ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शुक्रवाररातीको खेलमा मुम्वई इण्डियन्सले पहिलो जीत दर्ता गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकी क्लब हाईभेल्ड लायन्सलाई सात विकेटले पराजीत गर्दै मुम्वईले पहिलो जीत दर्ता गरेको हो । समुह ए अन्तर्गत पहिलो खेलमा...

क्रिकेटको पहिलो खेल किर्तिपुरमा हुँदै

२०७० असोज १२ गते ४:४७

काठमाण्डु १२ असोज–ट्वान्टी ट्वान्टी राष्ट्रिय क्रिकेट अन्तर्गत किर्तिपुर मैदानमा शनिवार पहिलो खेल क्षेत्र नम्बर ४ भैरहवा र क्षेत्र नम्बर ९ महेन्द्रनगरबीच हुँदैछ । किर्तिपुरमै दोश्रो खेल क्षेत्र नम्बर २ विरगन्ज र क्षेत्र नम्बर ८ पोखराबीच हुनेछ । यस्तै पुल्चोक मैदानमा हुने पहिलो खेलमा क्षेत्र...

एएफसी यू–१६ च्याम्पियनसिपमा नेपाललाई महत्वपूर्ण सफलता

२०७० असोज ११ गते १२:४७

काठमाण्डु, ११ असोज– एएफसी यू–१६ च्याम्पियनसिप– २०१४ छनोटअन्तर्गत समूह ‘सी’ को तेस्रो खेलमा नेपालले इराकविरुद्ध बराबरी खेलेको छ । पहिलो हाफमा २–० ले अगाडि रहेको इराकविरुद्ध दोस्रो हाफमा नेपालले दुई गोल फर्काएपछि खेल बराबरीमा रोकिएको हो । नेपालका लागि कप्तान  विमल घर्तीमगर र अञ्जान...

मेसीमाथि ट्याक्स छलीको आरोपमा सुनुवाई

२०७० असोज ११ गते ५:३३

प्रसिद्ध अजेन्टनी फुटबल खेलाडी लियोनेल मेसी ट्याक्स छलीको आरोपमा स्पेनको अदालत समक्ष प्रस्तुत हुने भएका छन् । चार पटक युरोपियन प्लेयर अफ द इयर भईसकेका मेसी स्पेनको क्लब बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेल्छन् । लियोनेल मेसी र उनका बुवा जर्जो मेसीमाथि झण्डै चार मिलियन यूरो...

रोयल्स र ओटागो बिजयी

२०७० असोज १० गते ४:३१

च्याम्पियन्स लिग टी–२० प्रतियोगिता अन्तरगत बुधबार राती भएको खेलमा भारतीय क्लब राजस्थान रोयल्स र न्युजिल्याण्डको क्लब ओटागो विजयी भएका छन् । राजस्थान रोयल्सले साउथ अप्कन टोली लायन्सलाई ३० रनले पराजित गरेको छ ।  बुधबारको खेलमा टस हारेर ब्याट्रिकम निम्त्याईएको राजस्थानले ब्राड हगको ४६, स्टुअर्ट...

म्यानचेष्टर युनाइटेडले लिभरपुललाई हरायो

२०७० असोज १० गते २:१५

काठमाण्डु, १० असोज–लिग कप फुटबलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गएराति भएको खेलमा म्यानचेष्टरले १–० को जित निकाल्दै प्रिमियर लिगमा ब्यहोरेको हारको बदला लिएको छ । घरेलु मैदान वर्ड ट्राफर्डमा भएको खेलमा म्यानचेष्टरका लागि ४६ औं मिनेटमा हर्नान्डेजले गोल गरेका थिए ।...

सन्राइजर्सबाट वेस्ट इण्डिज क्लब पराजित

२०७० असोज ९ गते ३:४२

भारत ९ असोज–च्याम्पियन्स लिग क्रिकेट प्रतियोगितामा भारतीय क्लब सन्राईजर्स हैदराबादले वेस्ट ईन्डिजको क्लब ट्रिनिडाड एण्ड टोबाकोलाई पराजित गरेको छ । भारतको मोहालीमा मंगलबार राती भएको खेलमा सनराईजर्सले ट्रिनिडाड एण्ड टोबाकोलाई ४ विकेटले पराजित गरेको हो । मंगलबार नै मोहालीमा खेलिएको अर्को खेलमा दक्षिण अफ्रिकी...

यू– १६ च्याम्पियनसीपमा नेपालबाट बहराईन पराजित

२०७० असोज ८ गते १४:०१

काठमाण्डु, ९ असोज  –एएफसी यू– १६ च्याम्पियनसि – २०१४ अन्तर्गत समूह ‘सी’को छनौट चरणको पहिलो खेलमा नेपालले बहराईनलाई पराजित गरेको छ । दशरथ रंगशालामा बुधवार साँझ भएको खेलमा नेपालले बहराई बिरुद्ध २–०ले जित निकालेको हो । खेलको १२ औ मिनेटमा अन्जान लामाले गोल गरेका थिए भने...

नेपाल–तुर्केमिनिस्तान प्रतिस्पर्धा हुँदै

२०७० असोज ७ गते ५:४१

काठमाण्डु ७ असोज–एएफसी प्रेसिडेन्ट कप फुटबलको पहिलो खेलमा नेपालको थ्रीस्टार क्लबले सोमबार तुर्केमिनिस्तानको बाल्कन क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको मेलकामा दिउँसो पौने तीनबजे यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सहभागी हुन थ्री स्टार टोली चार दिनअघि नै मलेसिया पुगिसकेको छ । नेपालको थ्री...

म्यानचेस्टर सिटीसँग म्यान्यू स्तब्ध

२०७० असोज ७ गते ४:५९

काठमाण्डु, ७ असोज–ईङ्लिस प्रीमियर लीगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाईटेडलाई स्तब्ध पारेको छ । आईतबार राती भएको खेलमा सिटीले युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । सिटीका लागि सर्जियो अग्युरोले दुई तथा याया टौरी र समिर नासरीले एक–एक गोल गरे । युनाईटेडका लागि एक मात्र...

क्रिकेटर शरदले पाए नेपाली नागरिकता !

२०७० असोज ६ गते १६:५७

काठमाण्डू, ६ असोज –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषवाकरले आईतवार नेपाली नागरिकता पाएका छन । लामो समयको प्रयासपछि गृहमन्त्रालयले उनलाई अंगिकृत नागरिकता प्रदान गरेको हो । यसअघि शुक्रवार गृहमन्त्री माधवप्रसाद घिमिरेले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरदलाई नागरिकता दिने निर्णय...

साउथ ह्माप्टनले हरायो लिभरपुललाई

२०७० असोज ६ गते ३:२२

काठमाण्डु, ६ असोज–ईङ्लिस प्रिमियर लिगमा लिभरपुलले सिजनको पहिलो हार बेहोरेको छ । लगातार चार खेलमा अविजित रहेको लिभरपुललाई साउथ ह्माप्टनले स्तब्ध पारेको हो । घरेलु मैदान एन्फिल्डमा भएको खेलमा साउथ ह्म्टनले लिभरपुललाई  एक-शून्यले पराजित गरेको हो । साउथ ह्म्टनकालागि एक मात्र गोल क्रोएशियन डिफेन्डर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us