धाँधलीका प्रमाणहरु फेला पर्ने क्रममा रसुवामा मतपेटिकाका बिर्कोहरु

काठमाण्डु टुडे २०७० मंसिर ७ गते १७:४६ मा प्रकाशित

shadyantra-election nepalरसुवा, ७ मंसिर– संविधानसभाको निर्वाचनको मतपेटिका र मतपत्र हेरफेर भएको भन्ने खुलासा हुने क्रममा रसुवामा पनि त्यस्ता प्रमाणहरु भेटिएका छन् । रसुवामा मतपेटिकाका बिर्कोहरु भेटिएका छन् ।

बिर्कोहरु छेउछेउमा फुटेको अवस्थामा फेला परेको छ । मतदान केन्द्रबाट मतगणना स्थल आउने बाटोको आसपास त्यस्ता बिर्कोहरु भेटिएका हुन् । रसुवामा मतगणनाका समयमा पनि मतपत्रका चार वटा अधिकट्टी मतपेटिकामा भेटिएका थिए । मुचुल्काभन्दा बढी मतपत्र भेटिएको, मतपत्र पट्याउने तरिका एकै खालको भएको भेटिएको स्थानीय अमृत घलेले जानकारी गराए ।

त्यस्तै काठमाण्डु ४ मा मतपेटिकाभित्रै सुनको औंठी भेटिएको थियो । काठमाण्डु, सिरहा लगायतका स्थानमा प्रहरी चौकीभित्र मतपेटिका भेटिएका छन् । धादिङमा ठाउँठाउँमा मतपेटिकाका शिलहरु भेटिएको सार्वजनिक भइसकेका छन् ।

धाँधलीका प्रमाणहरु फेला पर्ने क्रममा रसुवामा मतपेटिकाका बिर्कोहरु

चौकीहरुमा रहेको मतपेटिका लुकाउन गृह मन्त्रालयको गोप्य आदेश

ग्राण्ड डिजाइनमा चुनाव भएको रहेछ: उपेन्द्र यादव

फोरम नेपाल र संघीय गणतान्त्रिकद्वारा चुनाव बहिष्कार

राजेन्द्र महतोको सद्भावना पार्टीद्वारा धाँधली भएको ठहर

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us